चीनको सीमाबाट इण्डियन चेकपोष्ट हटाएर उनीहरूलाई इण्डिया फिर्ता पठाउने, सिंहदरबारमा आगलागी हुँदा नैतिकताको आधारमा राजीनामा दिने, देशको स्वतन्त्रता तथा सार्वभौमसत्ताको अगाडि विदेशीसँग कुनै समझौता नगर्ने पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले आफ्नो मृत्युपूर्व आफ्नो मृत्यु भएपछि कसैलाई थाहा नदिई परिवारजनले अन्तिम संस्कार गर्नू भनेका थिए । तर गणतान्त्रिक नेताहरूको शवलाई राजकीय सम्मान दिनू विष्टले राजकीय सम्मानको अपमान ठानेजस्तो बनेन ।
२०४५ सालको अठार महिने इण्डियन नाकाबन्दीबाट कति पनि नझुकी नाकाबन्दीको सामना गर्दै जनजीवनमा असजिलो आउन नदिने र सदैव राष्ट्रभक्तिमा समर्पित नेता मरिचमान श्रेष्ठको मृत्यु पनि शान्तसँग भयो ।
सरकारले एउटा देशभक्त प्रधानमन्त्रीलाई राजकीय सम्मान दिन चाहेन तर सनातन धर्मप्रति वितृष्णा भएका, राष्ट्रप्रति कुनै काम नगरेका नेताहरू र नेतापत्नीको मृत्यु हुँदा यहाँ राजकीय सम्मान दिने परिपाटी बसालेर राज्य व्यवस्थाले राजकीय सम्मानकै अपमान गरिरहेको छ । मृत्यु जीवनको अन्तिम लक्ष्य हो र जीवनको सुमधुर तथा शान्त संगीत हो । मृत्यु कुनै विवाह समारोह होइन कि यसमा तामझाम गर्ने । बलिउडको सुप्रसिद्ध अभिनेता राजकुमार ‘मरते दम तक’ फिल्मको सुटिङ गरिरहेको थिए । दृश्य थियो उनको मृत्युको । फिल्ममा मृत राजकुमारको शवमाथि फूलमालाहरू ओढाइरहेको दृश्य थियो ।
नेम्वाङको अन्तिम संस्कारमा पुग्ने शेरबहादुर देउवा घाटमै कुर्सीमा बसेर निदाइरहेका थिए । सुवास नेम्बाङका छोराले श्रद्धाञ्जलि अर्पण गर्न गएका अमरेशकुमार सिंहको अपमान गरे । देश र जनताप्रति इमानदार भएर काम गरेका नेताको मृत्यु हुँदा देश नै शोकमग्न हुन्छ ।
फूलमाला ओढाइरहँदा राजकुमारले फिल्मका निर्देशकलाई भनेका थिए, जति फूलमाला मेरो यो फिल्मी मृत्युमा ओढाइरहेका छौ ओढाऊ, जब मेरो साँच्चिकै मृत्यु हुनेछ त्यो दिन मेरो मृत्युको खबर दुनियाँले पाउने छैन । मेरो मृत्युसंस्कार मेरो पारिवारिक विषय हो । यसमा अरूको अधिकार हुँदैन । म मेरो शवयात्रा र अन्तिम संस्कारलाई सेतो लुगा लगाएर घाटसम्म पुग्ने रमितेहरूको रमिता बनाउन चाँहदिन । एक दिन राजकुमार बिते तर कसैले थाहा पाएनन् । उनको अन्तिम संस्कार उनकै परिवारजनले गरे । यसरी कुनै जमाना सदाबहार प्रसिद्ध अभिनेता देवानन्द आफ्नो मृत्यु नजिक आएर पछि लण्डन गए र उतै बिते र कादर खान पनि क्यानडा गए र उतै बिते ।
उनीहरूले मृत्युलाई देखावटी तामझाम बनाउन चाहेनन् । नेम्वाङको अन्तिम संस्कारमा पुग्ने शेरबहादुर देउवा घाटमै कुर्सीमा बसेर निदाइरहेका थिए । सुवास नेम्बाङका छोराले श्रद्धाञ्जलि अर्पण गर्न गएका अमरेशकुमार सिंहको अपमान गरे । सनातन धर्मविरोधी गणतन्त्रवादी नेताहरूको मृत्युमा शोकमग्न हुने जनता कमै छन् । सामाजिक सञ्जाल हेर्दा उनीहरूप्रति श्रद्धा व्यक्त गर्नेहरूभन्दा निन्दा गर्नेहरूको संख्या अत्यन्त धेरै पाइयो । देश र जनताप्रति इमानदार भएर काम गरेको भए एउटा नेताको मृत्यु हुँदा देश नै शोकमग्न हुन्थ्यो ।
आफ्नो निकटतम आफन्तको मृत्युमा हुने पीडा जस्तै उनीहरूको आफ्नै पीडा हुन्थ्यो तर नेताहरू जनताको मनमा बस्न सकेनन् उनीहरूकै कालो कर्तुतहरूले गर्दा । आज राष्ट्रिय सम्मान राष्ट्रिय सम्मानकै राष्ट्रिय अपमान भएको छ । दरबार हत्याकाण्डपछि सिंगो राष्ट्र नै शोकमग्न भएको थियो, नेपालको अधिकांश मानिसले कपाल खौरेर शोक व्यक्त गरेका थिए । एउटा देशभक्त तथा इमान्दार नेतृत्वप्रति सिंगो देश कति शोकमग्न हुन्छ यो एउटा उदाहरण होे ।
एउटा देश के हो नेताहरूले बुझ्न सकेनन् । यसको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमसत्ताले कति गहिरो अर्थ लाग्छ यो कुरा नेताहरूले बुझ्न सकेनन्, केवल आफ्नो र आफ्नो परिवारजनको हितमा काम गर्दै आइरहेका छन् । दिनहुँजसो दश पन्ध्र शवहरू कफिनमा बन्द भएर विमानस्थलमा आउँछन् । जुन युवाहरूले खाडी र मलेशियामा गएर आफ्नो रगत पसिना बगाएर राष्ट्रलाई रेमिट्यान्छ पठाएर धानिरहेको छ उनीहरूको अकाल मृत्युमा शासक वर्ग कहिल्यै शोक सन्तप्त भएनन् ।
ब्रू धेरैभन्दा धेरै युवाहरूलाई विदेशी बजारमा पठाउने कानुन बनाउँछन्, आफ्ना नजिकहरूकालाई म्यानपावर कम्पनी खोलेर पैसा कमाउने माध्यम बनाइदिन्छन् । म्यानपावर कम्पनीहरू हज्जारौं युवाहरूको शोषण गरिरहेका हुन्छन्, सरकार चुप लागेर बस्छ । नेपालका उद्योगधन्दा जति बन्द धए, कुनै नयाँ उद्योगहरू सरकार खोल्न चाहेन, सिवाय आफ्नो देशका युवाहरूलाई विदेश पठाउने उद्योग खोल्न । विदेशबाट ऋण लिएर ऋणको भारी जनताको शिरमा बोकाइरहेका हुन्छन् । यस्ता नेताहरूको मृत्य हुँदा आमजनता दुःखी बन्दैनन् । यो परिस्थिति सिर्जना गर्ने अरू कोही नभएर स्वयं नेताहरू नै हुन् ।
मुलुक सानो हुँदैमा, भूपरिवेष्टित हुँदैमा गरिब हुँदैन । विश्वका विभिन्न राष्ट्र नेपालभन्दा पनि साना छन् जो समृद्ध पनि छन्, शक्तिशाली पनि छन् । स्वीट्जरल्याण्ड पनि भूपरिवेष्टित हो तर ऊ सम्पन्न छ । नेपालभन्दा सानो मुलुक भुटान हामीभन्दा सुखी र समृद्ध छ । भुटान बौद्ध मुलुक भए तापनि त्यहाँ हिन्दू र बौद्ध मन्दिर र गुम्बाबाहेक न त चर्च बनाउन पाइन्छ, न त मस्जिद । भुटानमा ख्रिष्टान र मुसलमान भए तापनि चाहे अल्पसंख्यमा किन नहोस् त्यहाँ न त चर्च छ न त मस्जिद । त्यहाँ धर्मको राजनीति गरिँदैन । कुनै बेला देश गुमाएका इजराइलीहरू कसरी आफ्नो दैशलाई पुनस्र्थापना गरेर आज सम्पन्न र शक्तिशाली भएर अरबहरूको बीचमा शिर उठाएर उभिन सक्षम छ ?
हाम्रोमा भ्रष्ट, देशद्रोही नेताहरूको इतिहास पढाइन्छ, हाम्रा गौरवशाली इतिहासलाई मेटाउन खोजिन्छ । हाम्रो सनातन धर्मका सट्टा यिशु मसिहको कथा पढाइन्छ । यसबाट हाम्रा बालबालिकाहरूले के शिक्षा लिने ? हाम्रा शासक वर्गले आफू जस्तै भ्रष्ट र देशद्रोही देशको भविष्यको उत्पादन गरिरहेका छन् ।
जम्मा २२ हजार ७२ किमी क्षेत्रफल भएको इजरायल आज विकसित राष्ट्रमा परिणत भएको छ जबकि नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किमी छ । प्राकृतिक रूपमा नेपाल विश्वकै धनी मुलुकहरूमा पर्छ तैपनि हामी विश्वकै गरिबहरूमा पछौँ तर यहाँका नेताहरू विश्वकै नेताहरूको हाराहारीमा धनी छन् । यहुदीहरूको आफ्नो कुनै देश थिएन, देश मुसलमानहरूले कब्जा गरिसकेका थिए, बेलायतको उपनिवेश भयो । देशको नाममा त यहाँ सिंगो देश छ तर हाम्रो मौलिक देश छैन, यो हाम्रो देश हो भन्ने आमजनताले अनुभूति गर्न पाएका छैनन् । देश विरानो भएको छ । युवाहरू कोही खाडी, मलेशिया कोही युरोप, अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड ।
खेतबारी बाँझो रहन्छ, मातापिताको देहान्त भए छोराछोरीले मुख हेर्न पाउँदैनन्, हाम्रो संस्कार अनुसार मृतदेहलाई चाँडै नै अन्तिम संस्कार गर्नुपर्नेमा छोराछोरी कुरेर दुई तीन दिनसम्म बरफमा राख्नुपर्ने बाध्यता । बुढेसकालमा बाआमालाई पानी खान दिने मान्छे हुँदैन । थोरबहुत पैैसा भए पनि जीवन दुःखद् छ । न त छोराछोरीहरूसँग बसेर दुईचार मीठामीठा कुरा गर्न पाउनु छ, न त नातिनातिना खेलाएर बस्न । यो पनि कुनै जिन्दगी हो ? देशमा रोजगारीको स्रोत नहुँदा सन्तानको विदेश पलायनले घरलाई नै जिउँँदैमा श्मशान बनाएको छ । दोष कसको ? सन्तानलाई सुखसँग आफ्ना बाआमासँग बस्न पाउने व्यवस्था गर्न नसक्ने यो व्यवस्था र यो व्यवस्थाका सारथिहरू नै हुन् ।
इजरायलीहरू देशविहीन भएपछि युरोप, अमेरिकातिर भट्किन थाले । बढी संख्यामा इजराइलीहरू युरोपमा छरिएर बसे तर जुन देशमा आफूहरू बसे त्यहाँ सफल रहे सदैव आफूहरूमै समेटिएर बसे । उनीहरूको आफ्नो टोल हुन्थ्यो जसलाई ‘घेट्टो’ भनिन्थ्यो । जब कि उनीहरू अल्पसंख्यक थिए, आफूहरूमै समेटिएका थिए तर धनी थिए । युरोपमा उनीहरूमाथि नोक्सान हुने कामहरू गर्ने गर्दथे । त्यसैले उनीहरू अमेरिकामा गएर बसे । जर्मनीमा त हिटलरले उनीहरूको नरसंहार नै गरे । हिटलरको नरसंहारपछि उनीहरूलाई इसराइल प्राप्त भयो ।
त्यहाँ पनि उनीहरू यस्तो समुदायका मानिससँग घेरिएका थिए जसले यहुदीहरूलाई मारे पुण्य हुन्छ भन्ने ठान्दथे तर यहाँ परिस्थिति फरक थियो । इजराइल उनीहरूको आफ्नो देश थियो । बाँच्नका लागि प्रतिघात आवश्यक थियो र यो इजराइलीहरूका लागि आवश्यक थियो । नोकरशाहहरू थिए तर उनीहरूलाई पनि बाँच्न आवश्यक थियो । हाम्रो जस्तो होइन, शासक वर्गको लुटतन्त्रको भाग खाँदै देशप्रति गद्दारी गर्ने ।
यहुदीहरूले आफूले अहिले समम भोग्दै आए अब अगाडि भोग्नै छैनौं आफ्नो लक्ष्य बनाएका थिए । देशको अस्मिताको रक्षाका लागि नेताहरूमा शत्रुबोध हुनु जरुरी छ । उनीहरूलाई थाहा थियो अरब राष्ट्रहरूबाट घेरिएको आफ्नो मुलुकको रक्षाका लागि धर्मान्ध छिमेकीहरूले उनीहरूलाई समाप्त पार्न चाहेका छन्, त्यसैले उनीहरूले कहिल्यै आराम गरेनन् । शासकवर्ग वा नेताहरूमा मात्र होइन देशका जनतामा पनि प्रबल रूपमा शत्रुबोध थियो । देशको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाका लागि जनता पनि सचेत थिए । जनतामा देशभक्तिको भावना जगाउन उनीहरूले पाठ्यक्रममा इजरायलको स्थापनादेखि अहिलेसम्मको यात्राका कथाहरू अपरिहार्य रूपमा राख्नु, आफ्नो गौरव गाथा, आफ्नो स्वधर्मको गाथा, आफ्ना पूर्वजले देशविहीन हुँदा पाएको विकट कष्ट ।
उनीहरूले आफ्नो देशको विद्यालयहरूको पाठ्यक्रममा यसलाई राखे । सानैदेखि आफ्ना बालबालिकाहरूलाई देशको गौरव गाथा, वीरताको गाथा, आफ्नो स्वधर्मको गाथा, आफ्ना वीर योद्धाहरूका देशभक्तिपूर्ण गाथाको जानकारी दिनुपर्छ । अनिमात्र भोलिका दिनमा उनीहरूमा देशभक्तिको भावना जाग्छ र उनीहरू भोलिका कुशल, देशभक्त र इमानदार शासक र प्रशासक बन्न सक्छन् । तर, हाम्रो यहाँ भ्रष्ट, देशद्रोही नेताहरूको इतिहास पढाइन्छ, हाम्रा गौरवशाली इतिहासलाई मेटाउन खोजिन्छ । हाम्रो सनातन धर्मका सट्टा यिशु मसिहको कथा पढाइन्छ । यसबाट हाम्रा बालबालिकाहरूले के शिक्षा लिने ? हाम्रा शासक वर्गले आफू जस्तै भ्रष्ट र देशद्रोही देशको भविष्यको उत्पादन गरिरहेका छन् ।
पचहत्तर प्रतिशत यहुदीहरू बस्ने इजराइलले ज्युस तथा प्रजातान्त्रिक मुलुक भनेर घोषणा गरेको छ । यसरी इजराइल धर्म सापेक्ष मुलुक हो । जो विश्वको शीर्ष समृद्ध तथा धनी मुलुकमा बीसौं स्थानमा पर्छ तर नेपालबाट उसकै उद्गम स्थलमा जन्मेको सनातन धर्ममाथि गणतन्त्रवादीहरूले आक्रमण गर्दै धर्म निरपेक्ष बनाएका छन् । धर्म सापेक्ष भएका राजतन्त्रात्मक युरोपियन मुलुकहरू धर्म सापेक्ष छन् ।
के ती देशहरूमा राजा र धर्म देश विकासमा घातक भयो र ? जबकि ती देशहरू विश्वकै समृद्ध, सुखी र धनी मुलुकहरूमा पर्छन् तर देशलाई बन्धकी राखेर आफ्नो दुनो सोझ्याउने गणतन्त्रवादीहरूका लागि राजा र सनातन धर्म दुश्मन भएका छन् । अहिले देशभरि सनातन धर्मको रक्षाका लागि सल्केको आगाको झिल्काले यी सनातन धर्मविरोधीलाई चाँडै नै भष्मीभूत पार्नेछ । जागौं सनातन धर्मावलम्बीहरू ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच