उत्तरी छिमेकी चीनलाई हामी कति चिन्दछौं ?

✍️ नारायणबहादुर गुरुङ

भदौ १८ गते सोमबारको अंकबाट क्रमशः
माओवादी द्वन्द्वकालदेखि नेपालमा निकै लामो समयसम्म अस्थिरता रहृयो । विदेशीहरूको चलखेल निकै बढ्यो । कुनै-कुनै देशका राजदूतहरू हाम्रा प्रधानमन्त्रीलाई भेट्न चप्पलै लगाएर प्रधानमन्त्री निवास पुगेको पनि चर्चित भयो । त्यो तरल अवस्थामा नेपाली भूमिबाट चीनविरोधी काम हुन सक्ने आकलनले हुन सक्छ चिनियाँ प्रतिनिधि मण्डलहरूको आवतजावत हृवात्तै बढ्यो । यो आवतजावतलाई चीनको बढ्दो चासो भनेर बढाइ-चढाइ पनि भयो ।

एमाले र माओवादीको एकीकरणमा तत्कालीन चिनियाँ राजदूत हौ यन्छीको सक्रियता आलोचित भयो । उनको सक्रियता चीनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्ने जस्तो कुरा सुनियो । चीनले आन्तरिक राजनीतिमा हस्तक्षप गर्‍यो । चिनियाँहरूले नेपाली कम्युनिष्टहरू सत्तामा रहँदा चिनियाँ शैलीको राजनीति लाध्न कोसिस गर्‍यो भन्ने खाल का कुरा पनि आए । चिनियाहरू भन्ने गर्छन् उनीहरूले अवलम्बन गरेको राजनीतिक प्रणाली चीनको वास्तविक परिस्थिति सुहाउँदो छ । जस्ताको तस्तै अन्यत्र नक्कल गर्न असम्भव छ न त चीनबाहिर निर्यात् गर्न चाहन्छ । साँच्चै भन्ने हो भने नेपालका कुनै पनि पार्टीले चाहेर पनि नक्कल गर्ने क्षमता छैन ।

देशको सम्बन्धलाई बलियो बनाउन र एकापासमा राम्रो जानाकारी राखि राख्न सरकारबीच बाहेक पार्टी-पार्टीबीच सम्बन्ध राख्ने उनीहरूको घोषित नीति नै हो । सरकार, पार्टीहरूबीच र नागरिकबीचको राम्रो सम्बन्धले मित्रतालाई मजबुत बनाउँछ । अमेरिकाको मिलेनियम च्यालेन्ज कार्यक्रमअन्तर्गत दिन थालेको पचास करोड डलरको अनुदान लिने नलिने कुरामा नेपालमा ठूलो बहस भयो । अमेरिकाले त्यो अनुदान स्वीकार्न हुनसम्मको दबा दियो ।

अमेरिकाका उपपराष्ट्रमन्त्री डोनाल्ड लुले कतै चिनियाँहरूको दबबाले नस्वीकारेको भनाइपछि चिनियाँ परराष्ट्र मन्त्रालयले दिएको वक्तव्यलाई पनि आन्तरिक मामलामा हस्तक्षेप गर्न खोजेको जस्तो प्रचार गर्ने कोसिस भयो । वास्तवमा नेपाल र चीनबीचको सुमधुर सम्बन्धलाई खलल पार्न र नेपाली जनताहरूको चीन र चिनियाँ जनताबीचको आपसी आदार र विश्वास डगमाउन गरिएका बाहृय प्रयास हो भनेर बुझ्न सकिन्छ । तसर्थ पनि सबै नेपालीहरू सचेत हुन जरुरी छ ।

चिनियाँहरू उनीहरूको सभ्यता पाँच हजार वर्ष लामो भएको भन्ने गर्छन् । राजतन्त्र पतन हुनुभन्दा पहिलाका जुनसुकै मूलका सम्राट भए पनि उनीहरू आफूलाई थ्यनच भन्थे । यसको अंग्रेजी अर्थ ‘सन अफ हृयावेन’ हो ।

संसारको सबै समाज सबै देशमा जस्तै सबै चिनियाँ नागरिक असलै असल छैनन् । बदमास मानिसहरू पनि छन् । केही चिनियाँ नागरिकले नेपालमा गैरकानुनी र आपराधिक काम गरेबापत समातिएका छन् कारबाहीमा परेका छन् । त्यसमध्ये ठूलो र चर्चित भनेको इन्टर्नेटबाट गरिने अन्तर्राष्ट्रिय ठगी धन्दा हो । केही वर्षअघि एकै पटक १०० जनाभन्दा बढी पक्राउ परे । तिनीहरूलाई चिनियाँ प्रहरीलाई हस्तान्तरण गरिएको कुरा पनि चिनियाहरूले नेपालको सुरक्षा क्षेत्रमा हात हाल्यो भनेर प्रचार गर्ने कोसिस नभएको होइन ।

वास्तवमा एक अर्काको देशमा लुकीबसी गर्ने अपराध रोकथामको अभ्यास थियो । त्यस बारेमा चीनसित गरिन खोजेको अपराधी सुपुर्दकीकरणको सन्धि त्यही हल्लाले तुहाइदियो । धेरैलाई थाहा नहुन सक्छ, ताइवानी र चिनियाँ यस्ता अपराधीहरूले दक्षिण पूर्वी एसियाका बर्मा, थाइल्याण्ड, मलेशिया र इण्डोनेशियामा बसेर इन्टरनेट र टेलिफोनमार्फत चीनभित्रका मानिसहरूलाई ठग्ने अपराध गरेका थिए । तिनीहरूलाई ती देशहरूले सोझै चिनियाँ प्रहारीलाई सुपुर्दकी गरेको थियो । ती अपराधीहरूमध्ये ताइवानका बासिन्दा पनि ताइवानले विरोध गर्दागर्दै जनवादी गणतन्त्र चीनलाई सुपुर्दकी गरेको थियो । नेपालमा चिनियाँ आपराधिक समूहबाट हुने गरिने अपराध रोक्न चिनियाँ प्रशासनसँग सहकार्यको आवश्यकता टड्कारो देखिन्छ । ती सहयोग अन्तरगत गरिने कामलाई अनावश्यक रूपमा सन्सनीपूर्ण नगर्दा आपराधिक घटना रोकथाम गर्न सकिन्छ ।

चिनियाँहरू उनीहरूको सभ्यता पाँच हजार वर्ष लामो भएको भन्ने गर्छन् । राजतन्त्र पतन हुनुभन्दा पहिलाका जुनसुकै मूलका सम्राट भए पनि उनीहरू आफूलाई थ्यनच भन्थे । यसको अंग्रेजी अर्थ ‘सन अफ हृयावेन’ हो । चिनियाँ पुरातन राजनीतिक दर्शनमा सम्राटलाई थ्येन यी प्राप्त हुन्थ्यो । थ्येन यीको अग्रेजी अर्थ ‘हृयावेनली म्यान्डेड’ हो । नेपालदेखि संसारका राजाहरूले आफ्नो राजकीय शक्तिको स्रोत दैविक अधिकार भनेजस्तै भए पनि ‘हृयावेनली म्यान्डेड’ अलिक फरक छ । जबसम्म राजा वा सम्राटले राम्रो आचरणामा रहेर निष्टापूर्वक देश र जनताको सेवा गरिरहन्छ तबसम्म उनीहरूलाई ‘हृयावेनली म्यान्डेड’ प्राप्त हुन्छ ।

त्यसो नगरेको दिनमा तिनीहरू सत्ताच्युत हुनेछन् र अरूहरूमा ‘हृयावेनली म्यान्डेड’ सर्नेछ । यस दर्शनअनुसार राजा बन्न राजबंशकै रगत भएको नभएर जोसुकै समर्थवान व्यक्तिले त्यो स्थान लिन सक्छ । ईसापूर्व २०२ देखि १९५ सम्म राज गर्ने प्रसिद्ध हान बंश किसान विद्रोहका नेता थिए । त्यस्तै सन् १३४८ देखि १६४४ सम्म राज गर्ने प्रसिद्ध मिङ बंश पनि किसान विद्रोहका नेता थिए । यसले के देखाउँछ भने सामथ्र्य भए सामन्य भुँईमान्छे पनि सम्राट बन्न सक्छ । यो राजनीतिक सामजिक नीति हाम्रो दक्षिण एशियाको भन्दा भिन्न हो । दक्षिण एशियामा कर्ममा भन्दा जन्मलाई महत्व दिइन्थ्यो ।

महाभारत कथामा कर्ण सबै गुणमा अर्जुन जतिकै प्रतिभाशाली भए पनि उनी सूतपुत्रको रूपमा अपमानित भइरहे । उनले जे जति सम्मान पाए खलनायकका रूपमा रहेका दुर्योधनका कारण पाए । हाम्रो र चिनियाँहरूसँगको यो भिन्नता बुझ्न जरुरी छ चिनियाँलाई बुझ्न । राजकाजको कामका लागि कर्मचारीहरूको लिखित परीक्षा लिने चलन चिनियाँहरूमा २ हजार वर्षदेखि चल्दै आएको छ । प्रशासनमा योगयतालाई प्राथामिकता दिने चलन त्यति बेलादेखि चल्दै आएको हो । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू र विभिन्न प्रशासकीय क्षेत्रका प्रशासक कर्मचारीहरू योग्यता, उनीहरूले पु¥याएको देनको र कामको अनुभवको आधारमा गरिन्छ ।

स्थानीय, प्रादेशिक अनुभव भएका केन्द्रीय पार्टी नेता र केन्द्रीय सरकारका सदस्य हुन पाउँछन् । हाम्रो जस्तो केही कामको अनुभव नभएका, कसैको झोले भएर पछि लागेका, हुलदंगा गरेर चर्चामा आएका, आफैंले पनि पत्याउन गाह्रो पर्ने सपना बाँडेर, विभिन्न कर्तुत गरेर चुनाव जितेपछि विभिन्न स्तरको कार्यकरणी पदमा पुग्छन् । एकै पटक उपप्रधानमन्त्रीसहित चुनौतीपूर्ण मन्त्रालयको जिम्मा पनि पाउँन सक्छन् । के तिनीहरूसँग जादूको छडी हुन्छ समस्याहरूलाई छुमन्तर गर्न ? यो अर्को फरक हो उनीहरूलाई चिन्न ।

नेपाली मानसपटलमा रामायणम, महाभारत, देवीभागवत, पुरणाहरूका कथाहरूको ठूलो प्रभाव छ । हाम्रो सोचमा गहिरिएर बसेको छ यी ग्रन्थहरूको प्रभाव । हाम्रा हरेक कामहरू चालै नपाई प्रभावित हुने गर्छन् । त्यस्तै चिनियाँहरूको पनि छ । कन्फुसुयस्, ल्हाओ च (लाओत्से) र बुद्धको प्रभाव त्सरी नै गडेर बसेको छ उनीहरूको मानसपटलमा । द थ्री किङडम्स, हिरोज अफ वाटर मार्स, ड्रिम्स अफ रेड च्यामबर, जर्नी टु वेष्ट, सुन चको द आर्ट अफ वार आदि जस्ता क्लासिक किताबहरूमा भएका उदाहरण, मर्म अहिले त्यतिकै उपयोग गर्ने गर्छन् अहिले पनि । उनीहरू व्यक्तिगतभन्दा सामूहिकतामा जोड दिन्छन् ।

विश्वमा आफन्तको सम्बन्ध रगतसँग जोडिएको भन्छन् भने चिनियाँहरू हाड र मासुसँग जोडिएको भन्छन् । चिनियाँहरू गफभन्दा बढी काम गर्न रुचाउँछन् । कुनै काम गर्नुभन्दा पहिला तयारी पनि त्यतिकै गरेका हुन्छन् । परराष्ट्रको मामिला, कूटनीतिक मामिला, आर्थिक मामिला, प्राविधिक मामिला, राष्ट्रिय सुरक्षाको ममिला, सार्वभौमिकता मामिला आदि राष्ट्रिय हितका कुरामा त्यत्तिकै चनाखो हुने गर्छन् तयारी गर्छन् । हामीले पनि सिक्नुपर्छ, गर्नुपर्छ । विनापरिश्रम अरूले उडाइदिएको हल्लाको पछि लाग्नु हुँदैन ।

नेपाल र चीनबीचको सम्बन्धमा तिब्बतको ठूलो महत्व छ । चीनलाई उथलपुथल गर्न र चीनको प्रगतिलाई रोक्न तिब्बत कार्ड सन् १९५० देखि सुरु भएको हो । सिमाना जोडिएको हुँदा हाम्रो भूभाग प्रयोग गर्ने कोसिस पटक-पटक भइरहन्छ । हामीप्रति चीनको मुख्य माग भनेकै तिब्बतको सुरक्षा हो । चीनलाई आश्वस्त पार्न हाम्रो सरकार र नेताहरूले दोहोर्‍याउने अडानमाथि नै भनिसकेँ । निसन्देह यो हाम्रो परराष्ट्रनीतिको एउटा महत्वपूर्ण पाटो हो । साँच्चै भनौं भन्ने हो भने तिब्बत चीनकै अधिनमा रहिरहेमा चीनसँग सिमाना जोडिनाको कारण हामी सुरक्षित रहन सक्छौं । स्वतन्त्र तिब्बत नेपालका लागि कदापि हितकारी हुन सक्दैन । यो कुरा सम्पूर्ण देशभक्त नेपालीहरूले बुझ्न जरुरी छ ।

चीनले अघि सारेको बिआरआईको अवधारणामा भएको भ्रमका कारण रहेको अन्यौललाई हटाउन यसअघिको मेरो लेख ‘बिआरआई र नेपालले लिन सक्ने फाइदाहरू’ ले केही प्रष्ट पारेको हुनुपर्छ । छिमेकीले गरेको प्रगतिबाट हामीले लिने मौका हो यो । कसैको अनुदानले एउटा समाज त दिगो रूपले चल्न सक्दैन भने राष्ट्र विकासको कुरै नगरौं । राम्रो अध्ययन गरौं, प्राथमिकतामा भएका क्षेत्रहरू पहिलाऔं, परिश्रमपूर्वक दीर्घकालीन सोच बनाएर योजना बनाऔं र त्यसैलाई आधार बनाएर बुद्धिमत्तपूर्वक द्विपक्षीय वार्ता गरेर आयोजना सम्पन्न गरौं ।

नाम सबैलाई प्यारो हुन्छ । एउटा व्यक्तिको पहिचान उसको नामसँग जोडिएको हुन्छ । त्यही नामलाई प्रेम र आदरपूर्वक सम्बोधन गर्दा दुवैलाई नजिक्याउँछ । भूलवश वा अज्ञानवश प्रयोग गरिएको नामले अपमानित गरेको जनाउँछ र सौहार्द्रता खल्बल्याउन सक्छ । चिनियाँहरूको नाम विदेशीलाई उचारण गर्न अलि गाह्रो छ । उनीहरूको नाम दुई वा तीन अक्षर मिलेर बनेको हुन्छ । थर सबभन्दा अगाडि लेखिन्छ हाम्रो चलनभन्दा फरक । उनीहरूलाई कि त पूरै नामले बोलाउनुपर्छ या थरबाट । नाम त केवल अफ्नो परिवार र निकट साथीहरूले मात्र बोलाउन मिल्छ ।

त्यस्तै चिनियाँ नागरिकता बारे पनि निकै संवेदनशील हुन्छन् । दोहोरो नागरिकताको मान्यता छैन । कसैले विदेशी नागरिकाता लिएका भए उसको चिनियाँ नागरिकता तुरुन्तै खारेज हुन्छ । पुनः नागरिकता लिन करिब असम्भव छ । सायद यो कुरा थाहा नभएर हुनसक्छ हालैको सनसनीपूर्ण सय किलो सुन प्रकरणमा समातिएका तिब्बती मूलका बेल्जियमको पासपोर्ट बोकेका दावा छिरिङलाई नेपाली सञ्चारमाध्यममा चिनियाँ नागरिक भनेर लेख्ने गरेको छ ।

सन २०२२ मा अमेरिकाको कूल ग्रार्हस्थ उत्पादन २५.४६ टी थियो भने चीनको १८.१ टी, यो भनेको अमेरिकाको ७१.१ प्रतिशत हो । चीनले गरेको अकल्पनीय विकासको कारण अमेरिकी एकल वर्चस्व समाप्त हुने हो कि भन्ने सन्त्रास चीनका विरुद्ध उसले चालेको कदमबाट प्रष्ट हुन्छ । तिब्बत, सिन्च्याङका उइगुर मुसलमान, हङकङ, साउथ चाइना सी र ताइवान कार्ड चीनलाई रोक्ने काममा प्रयोग गरेर यसलाई तीव्रता दिँदै आएको छ । तिब्बत, हङ्कङ, सिन्च्याङमा उनीहरूको बलियो पकड कमजोर बनेको छ । उइगुर मुसलमान बारे संसारभरिका मुस्लिम देशहरूले चिनियाँ भनाइलाई समर्थन गरिरहेका छन् ।

विश्वव्यापी कोरोनाको संक्रमणपछि मानिसहरू बुद्धिवान् होलान् र सहकार्य गरी जलवायु परिवर्तनलाई रोक्ने छन्, समानता, भाइचारा बढ्नेछ भन्ने परिकल्पनाको ठीक उल्टो घृणा, द्वेष र तनाव बढ्दै गइरहेको अनुभूति हुन्छ । विश्व पुनः दोस्रो शीतयुद्धतिर बढिरहेको छ ।

गत जुन महिनामा हामी नेपाली दुई परिवार रेशम मार्गको आठ दिने यात्रामा गएका थियौं संघाईदेखि सिन्च्याङको सदरमुकाम उरुमुछीसम्मको करिब चार हजार किलोमिटर स्थलमार्ग भएर गएका थियौं । चार दिन सिन्च्याङ्गमा बिताउँदा बाहिर प्रचार गरिए जस्तो केही देखिएको थिएन । सबैतिर शान्ति सुव्यवस्था भएको, निकै विकशित र सन्तुष्ट मानिसहरू देखिएको थियो । भारतीयहरूले हाम्रो यात्रापछि चीनको विभिन्न ठाउँको भिडियो बनाएर युट्युबमा राखेको छ्यापछ्याप्ती देखिन्छ । हामीले देखेको र ती भिडियोमा भनिएको कुरामा फरक छैन तर पश्चिमा सञ्चारमाध्यममा प्रचारितभन्दा ठीक उल्टो छ ।

नेपालीहरू वा विदेशीहरू चीनमा आउँदा सबभन्दा पहिले अनुभव गर्ने इन्टरनेटको समस्या हो । यहाँ गुगल, फेसबुक, युट्युब आदि चल्दैन । इन्टरनेटका यी सेवाहरू चीनले प्रतिबन्धित गरेको भनेर हल्ला भए पनि त्यो साँचो होइन । चीनमा विदेशी सञ्चारमाध्यमले सेवा सञ्चालन गर्न चिनियाँ कानुनले प्रतिबन्ध गरेको विषयवस्तुमा प्रचार गर्न पाइँदैन । यदि चिनियाँ कानुनको अधिनमा रही सेवा प्रदान गर्छ भने उनीहरूलाई अनुमति दिइन्छ । गुगलले पनि यी शर्त मानेको थियो र करिब ९० प्रतिशत बजार ओगटेको थियो । सन् २०१० मा गुगलको अनुमतिपत्र नवीकरण गर्ने बेला उसले चीनको कानुन नमान्ने घोषणा गर्‍यो । चिनियाँ पनि नमानेको खण्डमा अनुमतिपत्र नवीकरण नगर्ने अडानबाट पछि हटेनन् ।

फलस्वरूप गुगल आफैं बाहिरियो । अमेरिकाले इन्टर्नेट स्वतन्त्रताको नारा दिएर चीनलाई प्रहार गरिरहृयो । सबैलाई थाहा भएकै हो इन्टरनेटमा निगरानी नगरिएमा देश नै उथलपुथल हुन्छ । इन्टर्नेट स्वतन्त्रताको नारा दिने अमेरिकाले धेरैलै रुचाएको चिनियाँ एप टिकटकबाट अमेरिकाको सुरक्षालाई खतरा हुने भएकाले यसलाई प्रतिबन्द लगाउन कोसिस गरिरहेको छ भने भारतमा त प्रतिबन्ध नै लगाइसक्यो । चिनियाँ सरकारले आफ्ना नागरिकलाई वैकल्पिक आफ्नै इन्टरनेट सेवा दिइरहेको छ । घरबाट निस्कँदा साथमा पैसा बोक्नुपर्दैन । मोबाइलबाट पैसाको कारोबार हुन्छ । प्रतिद्वन्द्वीबाट राष्ट्रलाई सुरक्षित राख्न कतिसम्म सचेत हुनुपर्ने रहेछ ।

साउथ चाइना सी चीनको राष्ट्रिय सुरक्षासँग जोडिएको छ र लाइफलाइन पनि हो । चीनको करिब ६७ प्रतिशत इन्धन आपूर्ति साउथ चाइना सी भएर हुन्छ भने ६४ प्रतिशत भन्दा बढी समुद्री व्यापार यही समुद्र भएर हुन्छ । हिन्दमहासागरदेखि साउथ चाइना सिलाई मलेसियाई उपमहाद्वीप र इण्डोनेसियाको उत्तरपूर्वी किनाराको बीचमा भएको साँगुरो मलक्क स्ट्रेटले जोड्दछ । भविष्यमा हुनसक्ने इन्धनको नाकाबन्दीबाट बच्न बंगालको खाडीबाट बर्मा हुँदै र अरब सागरबाट पाकिस्तानको ग्वादर बन्दरगाहदेखि पाकिस्तान भएर चीनसम्म तेलको पाइप जोड्ने काम गरेको छ ।

सन् २०१० सम्म शान्त रहेको साउथ चाइना सिमा अमेरिकाले फ्रिडम अफ नेभिगेसनको नाममा सैनिक गतिविधि तव्र पार्दै आएको छ भने छिमेकीबीच फाटो बढाउने प्रयत्नलाई पनि तीव्र पार्दै आएको छ । चीनले पनि राष्ट्रिय सुरक्षाको लागि सैनिक क्षमतामा तीव्र विकास गर्दै आएको छ । उता चिनियाँ गृहयुद्धमा छुटिएर अलग रहेको ताइवानलाई एकीकरण हुन नदिन र यसको माध्यमबाट चीनलाई रोक्न त्यहाँका विखण्डकारीलाई खुलेआम सहयोग बढाएर चीनलाई युद्धका लागि उत्तेजित गर्ने प्रयास भइरहेको छ । यो दुई क्षेत्रमा अहिले तनाव बढिरहेछ र युद्ध हुनसक्ने सम्भावना बढ्दै छ ।

विश्वव्यापी कोरोनाको संक्रमणपछि मानिसहरू बुद्धिवान होलान् र सहकार्य गरी जलवायु परिवर्तनलाई रोक्ने छन्, समानता, भाइचारा बढ्ने छ भन्ने परिकल्पनाको ठीक उल्टो घृणा, द्वेष र तनाव बढ्दै गइरहेको अनुभूति हुन्छ । विश्व पुनः दोस्रो शीतयुद्धतिर बढिरहेको छ र आआफ्नो खेमा बलियो बनाउनेतर्फ लागिरहेको छ । हामीजस्ता साना, गरिब, पिछिडिएका देशहरू पनि कुन खेमापट्टि लाग्ने हो दबाब बढ्दै छ । पहिलो शीतयुद्धमा हामीले असंलग्न परराष्ट्र नीति अपनायौं र दुवै खेमाबाट सहयोग पाइरहेकै थियौं । केही वर्षदेखि राजनीतिक अस्थिरता सँगसँगै परराष्ट्रनीति पनि अस्थिर र अप्रष्ट हुँदै गएको छ । राष्ट्रिय हितभन्दा निजी स्वार्थलाई प्राथमिकता दिनाले मित्र राष्ट्रहरू आश्वस्त देखिँदैनन् त्यसकारण विदेशीहरूको अस्वस्थ चलखेल बढिरहेको छ । असंलग्न परराष्ट्रनीतिलाई इमानदारी र दृढताका साथ अपनाएर मित्रराष्ट्रहरूको विश्वास जित्नुपर्छ । यसैमा हाम्रो भलाइ छ ।

घरेलु राजनीतिमा समेत अफाप भइसकेको चतुर नीतिले वैदेशिक सम्बन्धमा दीर्घकालीन विश्वासको संकट ल्याउँन सक्छ । यसतर्फ सावधान हुन आवश्यक छ । यसबारे तलको संस्कृतको श्लोक मननयोग्य छ ।
वृतं यत्नेन संरक्षेद वित्तमेति च याति च ।
अक्षिणो वित्ततः क्षीणो वृतस्तु हतोहतः ।।
चरित्रलाई यत्नपूर्वक रक्षा गरिनुपर्छ । धन सम्पति आउँछ जान्छ । धन नास भए पनि मानिस नास हुँदैनन् तर जब चरित्र नास हुन्छ सबै कुरा नष्ट हुन्छ ।

https://ehimalayatimes.com/2023/09/153146/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?