देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छ : मदनकृष्ण श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गर्नुभयो । उहाँले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले अहिले विकृति झनै मौलाइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले भ्रष्टाचारको पराकाष्ठा भइरहेको छ । तस्करको पराकाष्ठा भइरहेको छ । पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ । त्यो बेला सबै राम्रो होइन तर त्यो बेला पनि भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद थियो । त्यति पनि अब हुँदैन भन्ने लाग्यो । तर अहिले झनै धेरै विकृति बढ्यो । पहिला अवार्ड पाउँदा एकदम अवार्ड पाएँ र जिम्मेवारी पाएँ जस्तो लाग्थ्यो । अब चाहीँ पैसा आउने पुरस्कार दिएको जस्तो लाग्दो रहेछ । २५ हजार पनि छ रे नत्र पहिला कागज मात्रै आउँथ्यो । कागज लियो, दंग परेर गयो । अहिले पैसा देखिँदा मजा आयो । अहिले पुरस्कार लिँदा आफूले गरेका काम ठिकै रहेछ र स्याब्बासी पाएको जस्तो लाग्यो ।’

उहाँले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याब्बासी पाएको महशुस भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?