राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा ६७० जना कैदीलाई माफी मिनाहा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।

उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?