आज विश्व शान्ति दिवश मनाइँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। विश्व शान्ति दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदैछ। हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ।

यस बर्षको ३४औं अन्तर्राष्ट्रिय शान्ति दिवस ‘शान्तिका लागि सहकार्य–सवैका लागि सम्मान’ भन्ने नाराका साथ मनाईदैछ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन सुरु गरिएको हो।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो।

नेपालमा भने विसं २०६५ सालदेखि दिवस मनाउन थालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?