सरकार र शिक्षकहरुको वार्ता निष्कर्षबिहीन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकार र शिक्षकहरुको वार्ता निष्कर्ष बिहीन टुंगिएको छ । बिहीवार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् । यद्यपी गृहमन्त्रीसँगको वार्ता निष्कर्ष बिहीन भएको छ ।

वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्नेकुरा गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गर्नुभएको उहाँले बताउनुभयो । उहाँले आन्दोलन बानेश्वरबाट माईतीघरसम्म हुने बताउनुभयो ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?