स्वराज्य, द्वैतवाद र नयाँ दर्शन

केशवप्रसाद चौलागाई
Read Time = 12 mins

के दर्शनको बहस र चिन्तन पुरानै परिवेशभित्र मात्रै गरिइने विषय हुन् ? भनेर विचार गर्दा नयाँ परिवेश र विषय पनि बहस र चिन्तनका लागि अपरिहार्य बन्ने निश्चित छ तर हामी नवीन परम्परालाई प्रारम्भ गर्ने मानसिकतामा नहुनु चिन्ताको विषय लाग्दछ । शासकीय दर्शनका रूपमा स्वराज्य, तत्वचिन्तका रूपमा द्वैतवाद तथा नयाँ परिवेशका रूपमा शान्ति दर्शन आज बहस र चिन्तनको आधारभूमि बन्न सक्दछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका युद्ध र द्वन्द्वहरू समेतलाई मध्यनजर गर्दै नवीन विचारको सिर्जनामार्फत हृदय परिवर्तन गराउन सक्दा ठूलो उपलब्धि हुनेछ भन्ने कुरामा दुई मत नरहला ।

विचार र व्यवहारमार्फत शान्ति र समृद्धि प्राप्त गर्न सक्षम दर्शनको आवश्यक्ता आज खट्किएको प्रसंग हो । सबैले आफ्नो ठान्ने राज्यका रूपमा स्वराज्य, ज्ञानका माध्यमबाट मोक्षसमेत प्राप्त गर्न सकिने मार्गका रूपमा द्वैतवाद तथा विज्ञानको ज्ञान र उपयोगितामार्फत शान्ति तथा समृद्धि प्राप्ति सम्भव हुने नयाँ दर्शनका बारे पुनः मनन् गर्नु आजको आवश्यकता हो ।

शीतयुद्धको समाप्तिपश्चातका विश्वका घटनाक्रम नियाल्दा रुस-युक्रेन युद्ध, सुडान दुई देशमा विभाजित हुनु, अफगानिस्तान-इराकमा नेटो सैनिकको उपस्थिति, सिरियामा युद्ध, श्रीलंका द्वन्द्वदेखि हालै छिमेकी भारतको मणिपुरमा भइरहेको जातीय द्वन्द्व अशान्तिका क्षेत्रका रूपमा चुनौती बनेका छन् । नेपालमा पनि राजतन्त्रको उन्मूलनको घटना सामान्य होइन । यस्तो विषय परिस्थितिमा उपयुक्त विचार र सूत्रहरूको उपलब्धता लाभकारी हुने हुँदा अबको दर्शन यो जिम्मेवारीबाट उन्मुक्त हुन सक्दैन ।

यही परिवेशलाई समाधान गर्न सक्नेगरी ‘स्वारज्य र मेलमिलाप’ दर्शन अस्तित्वमा आएको छ । विसं २०५२ बाट नेपालमा प्रारम्भ भएको रक्तपातपूर्ण द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण गर्न तयार गरिएको ‘द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका’ अनुसन्धानमा निकासका लागि ‘स्वराज्य र मेलमिलाप’ सूत्रको रूपमा प्रस्तुत गरिएको थियो । त्यही सूत्रलाई पुनः पुस्तिकाका रूपमा तयार गर्दै नयाँ दर्शनकै रूपमा स्थापित गराउने प्रयत्न गरिएको हो । दर्शन र सूत्र साहित्यका बारे भारतीय दार्शनिक तथा पूर्वराष्ट्रपति डा.सर्वोपल्लि राधाकृष्णनको निम्न विचार उपयुक्त रहेका छन् ।

शीतयुद्धको समाप्तिपश्चातका विश्वका घटनाक्रम नियाल्दा रुस-युक्रेन युद्ध, सुडान दुई देशमा विभाजित हुनु, अफगानिस्तान-इराकमा नेटो सैनिकको उपस्थिति, सिरियामा युद्ध, श्रीलंका द्वन्द्वदेखि हालै छिमेकी भारतको मणिपुरमा भइरहेको जातीय द्वन्द्व अशान्तिका क्षेत्रका रूपमा चुनौती बनेका छन् ।

‘प्रत्येक दर्शनको निर्माणको प्रारम्भिक अवस्थामा विचारहरू बाढी झै’ उर्लेर आउँछन र पछि गएर सूत्र रूपमा संक्षिप्त आकार धारण गर्दछन् । तत्पश्चात सूत्रको भाष्यको समय आउँदछ । फेरि त्यसमाथि टिप्पणी, टीकाहरू एवं सारभूत व्याख्या हुन्छन् र जसका कारण मौलिक सिद्धान्तमा धेरै परिवर्तन सुधार तथा विस्तार भएर जान्छन् । भाष्य प्रश्नोत्तरका रूपमा हुन्छन् किनसक उपनिषदको समयदेखि नै यस पद्धतिलाई जटिल विषयलाई विशद रूपमा सम्झाउने एकमात्र उपयुक्त माध्यमका रूपमा बुझ्ने गरिन्थे ।

एवं प्रकार भाष्यकारलाई विरोधी विचारहरूको उत्तर दिँदै मौलिक सिद्धान्तको समर्थनका लागि उत्तम अवसर प्राप्त हुन जान्छ । यही विधिबाट तिनै विचारहरूको पुनः स्थापना गर्दैै अन्य विचारहरूको तुलनामा यस विचारको उत्कृष्टता सिद्ध हुन जान्छ ।’ स्वराज्य र मेलमिलापलाई दर्शन र सूत्रका रूपमा बुझ्न सहज हुने उपरोक्त विचारले बहस र परिवर्तनको शृंखलालाई निरन्तरता दिने देखिन्छ ।

पूर्वीय दर्शनमा प्रसिद्ध रहेको षटर्दशन र पाश्चात्य दर्शनका भौतिकी पक्षहरूको तुलनात्मक विवेचनामा स्वराज्य र मेलमिलाप वैदिक दर्शनकै कोटीमा पर्दछ । महर्षि गौतमको ‘न्याय’, कणादको वैशेषिक, कपिलको ‘सांख्य’, पतञ्जलिको ‘योग’, जैमिनिको पूर्व मिमांसा र वादरायणको ‘उत्तर मिमांसा ‘अथवा’ वेदान्त ‘वेदलाई’ प्रमाण मान्ने वैदिक दर्शन जस्तै स्वारज्य र मेलमिलाप पनि वेद र उपनिषदलाई आधार मान्ने वैदिक दर्शन हो । शंकराचार्यद्वारा प्रतिपादित अद्वैतवाद, रामानुजाचार्यद्वारा प्रतिवादित विशिष्टाद्वैतवाद, माध्यवाचार्यद्वारा प्रतिवादित द्वैतवाद तथा निम्बकाचार्यद्वारा प्रतिवादित द्वैताद्वैत मत झैँ ‘स्वलिलया द्वैत’लाई महत्व दिने स्वराज्य र मेलमिलापले भगवान रामचन्द्र तथा श्रीकृष्णको लिला रहस्यलाई उजागर गर्दछ ।

‘‘सासितूणधनुर्बाणपाणिं नक्तंचरान्तकम् । स्वलीलया जगन्त्रातुमार्विभूतमजं विभुम् ।।’ रामरक्षास्त्रोत्रमा उल्लेखित ‘स्वलीलया’ को महŒव प्रार्थनासँगै तत्व विवेचनामा पनि महत्व राख्दछ । विज्ञान, धर्म र दर्शनलाई संयोजन गर्दै जापानका योसोमिची कात्सोमोतोले तयार गरेका ‘फिलोसफी अफ जोजन’ नयाँ दर्शनको रूपमा चर्चामा रहेको छ । हामीले सूर्यको महत्वलाई आधुनिक भौतिक विज्ञान र आध्यात्मिक परम्परालाई संयोजन गर्दै मेलमिलापका लागि प्रयोगमा ल्याएको कुराले प्रतिनिधित्व गर्न सकेको छ । सन इज द सोर्स अफ लाइफ अन अर्थ मान्ने भौतिक विज्ञान र प्राणो वै अर्कः अर्थात् प्राणको स्रोत सूर्य हुन् भन्ने पूर्वीय मान्यतालाई राष्ट्रिय मेलमिलापका लागि पशुपति सूर्यघाटमा हवन–यज्ञमार्फत अभ्यासमा ल्याउनु विज्ञान, धर्म र दर्शनको संयोजन थियो ।

सिद्ध साधनाद्वारा पशुपति सूर्यघाटमा गरिएको साधनाको फलस्वरूप जापान सोसाइटी अफ हृयुमनिस्टिक एन्थ्रोपोलोजीसँग सम्र्पक र सहकार्य सम्भव भई दुवै पक्षका समान अभियान जोडिइन पुगेको थियो । सूर्य र चन्द्र विषयक ज्ञान र प्रयोग मौलिक तथा परिणाममुखी भएको कुरा प्रयोगमार्फत सिद्ध गर्ने सकिएको थियो । ‘चन्द्रमा मनसोजात !’ चन्द्रमाको सम्बन्ध मनसँग छ भन्ने अवधारणा तथा प्राणको स्रोत सूर्य हुन भन्ने धारणालाई एक साथ साधनामार्फत प्रयोगमा ल्याउनुले धर्म, दर्शन र विज्ञानलार्ई संयोजन गर्दै नेतृत्व गर्नसक्ने अवस्थामा पनि पु¥याएको अनुभूति गर्न सकियो । विश्वका सबै मावनहरूमा प्रत्येक घण्टा हुने स्वर परिवर्तनको कारण चन्द्रमाको परिभ्रमण हो भन्ने कुरा पनि स्पष्ट पार्न सकियो ।

साथै अमावश्या, पूर्णिमादेखि प्रारम्भ हुने स्वर परिवर्तनको फरक दैनिकी पनि विश्वले जान्नुपर्ने तथ्य हो । सूर्य र चन्द्रमाको प्रभाव र नियन्त्रणमा मानव शरीर रहेको कुरा प्रष्टयाउनका साथै परिस्थितिलाई आफू अनुकुल बनाउन सक्ने साधना पद्धति स्पष्ट बताउन सक्ने क्षमताका कारण नयाँ विश्वव्यवस्था निर्माणको आधार तयार गर्नु हो । बहुध्रुवीय र द्विध्रुवीय विश्वका विषयमा चर्चा तथा प्रतिस्पर्धा भइरहेको वर्तमान अवस्थामा नयाँ दर्शन र अभियानमार्फत मौलिक विश्वव्यवस्थातर्फं ध्यानार्कषण गराएका छौं । नयाँ सिद्धान्त र दर्शनका रूपमा ‘स्वराज्य र मेलमिलाप’लाई भावी विश्वको आधार तथा पशुपतिनाथ र विश्वव्यवस्थालाई सफ्टपावर (सौम्य शक्ति)का रूपमा प्रस्ताव गरी अगाडि बढाइरहेका छौं । कोभिड-१९ को विश्वमहामारी साथै प्राकृतिक विपद्बाट जोगिइन ‘प्रकृति र ईश्वरीय विश्व व्यवस्थाः अबको मार्गचित्र’ पनि विचारमै आधारित विश्व अभियान हो ।

विशाल दुई छिमिकी र विश्वशक्ति राष्ट्रहरूको रणनीतिक प्रभावबाट मुक्त, हुने उपायका रूपमा अगाडि सारिएको ‘आर्यावर्त’को अवधारणा पनि नवीन रणनीतिक अवधारणा हो । सबै खाले प्रतिकूलताबाट नेपाल र नेपालीलाई संरक्षणका साथै विश्वलाई पनि नयाँ दर्शन र अभियानमार्फत राहत दिने नेपाली प्रयास स्वीकार्य हुने चरणमा छन् । यज्ञेन द्विषन्तो मित्रा भवन्ति अर्थात यज्ञद्वारा शत्रु पनि मित्र बन्दछन् भन्ने नारायण उपनिषद्को वचनलाई शान्ति दर्शनकै सूत्रका रूपमा साधनामा ल्याएको परिणामस्वरूप ‘मेलमिलाप परिपाद तथा न्यायिक समिति’मार्फत दैनिक अभ्यासमा आइरहेका छन् । स्वराज्य र मेलमलिाप सरकारी कार्यक्रम झैँ बन्न गई सुशासन, न्याय र नयाँ दर्शनको आधार प्रमाणित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?