सरकार र शिक्षकबीचको औपचारिक वार्ता हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज वार्ता हुने भएको छ। बिहीबार बिहान र बेलुवा बसेको बैठकबाट निष्कर्ष ननिस्केपछि आज सरकार र आन्दोलनरत शिक्षकबीचको औपचारिक वार्ता हुन लागेको हो ।

बिहान ९ बजे वार्ता सुरु हुने तयारी छ । बिहीबार साँझ ७ बजेदेखि ९ बजेसम्म दुवै पक्षबीचको बैठक भएको थियो । उक्त बैठकले निष्कर्ष निकाल्न सकेन् । उक्त छलफलमा शिक्षकका प्रतिनिधिहरुले १७ बुँदे माग प्रस्तुत गरेका थिए ।

मन्त्रीहरुले कतिपय माग संविधान संशोधन गर्नुपर्ने खालका रहेकाले उक्त मागमा सहमति हुन नसक्ने बताएका थिए । विभिन्न माग राख्दै विगत २ दिन देखि देशभरका शिक्षक विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?