विद्यालय नियमित सञ्चालन गर्न लिखु गाउँकार्यपालिकाको निर्देशन

हिमालय टाइम्स
Read Time = 4 mins

-राजकुमार कार्की
ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकाले विद्यालय नियमित सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरुलाई निर्देशन दिइएको छ । संघीय संसदमा पेश भएको शिक्षा विधेयकका बिरुद्धमा विद्यालय बन्द गरी शिक्षकहरु आन्दोलनमा गएपछी कार्यपालिकाले निर्णय गरी निर्देशन दिइएको हो ।

मन्त्रीपरिषदले संसदमा पेश गरेको शिक्षा बिधेयकको बिरुद्धमा देशैभरीका शिक्षकहरु विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडांै केन्द्रित आन्दोलनमा सहभागी भईरहेका बेला पालिकाले यथाशिघ्र विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको छ । असोज ४ गते बसेको गाउँकार्यपालिकाको बैठकले लिखु गाउँपालिका भरिका शिक्षकहरुलाई बालबालिकाको भविष्यामाथी खेलवाड नगर्न अनुरोध समेत गरेको छ ।
प्रस्तावित विधेयक माथि असहमती जनाउँदै शिक्षक महासंघको नेतृत्वमा घोषणा गरिएको अनिश्तिकालनि विद्यालय बन्दको कार्यक्रम प्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएका छन् । पालिका प्रमुख अशोक कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा ट्रेड युनियनको भूमिका र पेशागत हक, अधिकारको सम्मान गर्दै बालबालिकाको आधारभूत शिक्षा प्राप्त गर्ने मौलिक हक र मानव अधिकारको हनन् हुने गरी अनिश्चितकालीन विद्यालय बन्द गर्न खोज्नु अशोभनिय कार्य हो ।’

संविधान र ऐन कानुन भित्र रहेर खोजीने जुनसुकै समस्याको समाधान विद्यालय बन्द नगरी बैकल्पिक माध्याम, संवाद र छलफल बाट नै प्राप्त गर्न सकिने भएकाले त्यस तर्फ ध्यान दिन पनि सबैमा अनुरोध गरिएको छ । विद्यालय बन्द गरिनुले बालबालिकाको आधारभूत शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन् हुने भएकाले पालिका भित्रका विद्यालय ब्यवस्थापन समिति, प्राधानाध्यापक तथा शिक्षकहरु प्रति निर्देशनात्मक अनुरोध गरिएको छ ।

कार्यपालिकाको बैठकले, संसदमा पेश गरिएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने बिधेयक २०८० का सम्बन्धमा गम्भिर ध्यानकर्षण भएको निर्णय पनि गरेको छ । बिधेयकमा रहेका प्रावधानहरु संघियतामै चुनौती दिने र संविधानत प्राप्त स्थानिय सरकारको एकल अधिकारमा समेत हस्तक्षेप हुने गरी बिधेयक ल्याईएको ठहर भएको बताएका छन् ।

संविधान र कानुनको परिधीभित्र रहेर पनि आफ्नो हक अधिकार खोजी गर्न पाउने भएकाले हजारौ बालबालिकाको भविष्य माथी खेलबाड नगरी शान्तिपुर्ण आन्दोलनमा सहभागी भई नियमित विद्यालय सन्चालन गर्न सबै शिक्षक सरोकारवाला निकायहरुमा अनुरोध गरिएको पालिका प्रमुख अशोक कार्कीले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?