पुराना पार्टीहरु लोकतन्त्र र बहुदलीय ब्यवस्था ल्याउन मात्रै स्थापना भएका हुन् : महामन्त्री ढकाल

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं पार्टी प्रवक्ता डा. मुकुल ढकालले पुराना पार्टीहरु लोकतन्त्र गणतन्त्र र बहुदलीय ब्यवस्थाको ल्याउनको लागि मात्रै स्थापना भएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको दस्ताबेज निर्माणका क्रममा कालीकोटको जन आवाज सुन्न कालीकोट पुग्नुभएको प्रवक्ता ढकालले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले जस्ता पुराना दलहरु विकास निर्माण र देशको परिर्वतन गर्न नभई केबल लोकतन्त्र गणतन्त्रको रक्षाको लागि मात्र स्थापना भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी भनेको सुधारवाद, विकास र समाजवादका निम्ति उदय भएको बताउँदै महामन्त्री ढकालले अब पुराना पार्टीको समय सकिएको बताउनुभयो । ‘उहाँले भन्नुभयो,  राष्ट्रिय स्वतन्त्र पार्टी यो देशमा भ्रष्टाचार अन्त्य गर्न, विकास गर्नका लागि र नागरिकलाई रोजगारीमा आउने बातावरणको सिर्जना गर्नका लागि उदय भएको बताउनुभयो ।

ढकालले बैज्ञानिक समाजवाद, जनवाद, प्रजातान्त्रिक समाजवाद आउछकी भन्ने पर्खाइका बादहरुमा आफूहरु फस्न नचाहेको स्पष्ट पार्नुभयो ।

कर्णाली राजमार्ग दुई लेन पीचका लागि ब्यवस्थापन गरी कालीकोटको उत्पादनलाई बाहिर निर्यात गरेर आम्दानीको स्रोतलाई पहिल्याउने  आफ्नो लक्ष्य रहेको महामन्त्री ढकालले जानकारी गराउनुभयो ।

उहाँले पार्टीको नीति भनेको भ्रष्टचारलाई रोक्नु र अन्त्य गर्ने रहेको समेत बताउनुभएको थियो ।

२०६४ साल तिर कालीकोट आउँदा कर्णाली राजमार्गका सडक भर्खर निर्माण हुने क्रममा रहँदा पूर्वका सडकहरुमा गाडी गुडेको कुरा आफूलाई याद भएको र करीब १५/१६ वर्षपछि पनि कालीकोट पुग्दा कर्णाली राजमार्गको अबस्थामा परिर्वतन नआएको टिप्पणी गर्नुभयो ।

कालीकोटमा राजनीतिक गर्ने नेता तथा कार्यकर्ताहरु भ्रष्टचारको चङ्गुलमा फसेका कारण यहाँको विकास निर्माण र असक्षम नेतृत्वका कारण कालीकोटको विकास निर्माणमा कुनैपनि परिर्वतन आउन नसकेको जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?