ग्लोबल बैंक र बोटलर्स नेपालबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) बीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । सम्झौता कार्यान्वयन गर्नका लागि दुवै कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकले बोटलर्स नेपालका उत्पादन खरिद गर्न आधिकारिक डिष्ट्रिब्युटर्सलाई आवश्यक चालु पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ । बोटलर्स नेपालका आधिकारिक डिष्ट्रिब्युटर्सले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

सो अवसरमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ डाइरेक्टर दीपक सेन्थिलनाथलगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?