काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले आव २०७९/०८० को बजेटको स्वागत गरेको छ । बजेटले स्वदेशमा स्थापित सिमेन्ट/क्लिंकर उत्पादन गर्ने उद्योगको संरक्षण तथा संवद्र्धन गर्न र देशको व्यापारघाटा कम गर्न निकासीमा नगद प्रोत्साहन र उद्योगले उपयोग गर्ने विद्युत् महसुल छुट दिएको भन्दै बजेटको स्वागत गरेको हो ।
प्रस्तुत बजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च सम्भावना भएका वस्तुमा सिमेन्ट र क्लिंकरलाई समावेश गरी निर्यातमा आठ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमूलक उद्योगका हितमा रहेको संघले जनाएको छ । उक्त व्यवस्थाबाट देशमा प्रचुरमात्रामा रहेको कच्चा पदार्थ चुनढुंगा उपयोगमा उल्लेखनीय वृद्धि हुुनुका साथै उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन भएमा एक खर्ब ५० अर्बभन्दा बढी रकमको निर्यात सम्भावना रहेको बताइएको छ ।
साथै बजेटबाट देशको औद्योगिक क्षेत्रको विकास गर्न एवं निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको वार्षिक १० करोडभन्दा बढी रकमको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्थासमेतको स्वागत गरेको संघका अध्यक्ष ध्रुव थापाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नयाँ व्यवस्थाले देशको औद्योगिकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युत्को खपत स्वदेशमै हुने वातावरण सिर्जना हुने भन्दै संघले बजेटको कार्यान्वयनमा जोड दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच