काबुलको रुसी दूतावास नजिक आत्मघाती हमला, दुई रुसी कूटनीतिज्ञसहित कम्तीमा २५ जनाको मृत्यु

Read Time = 3 mins

काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको रुसको दूतावास नजिकै भएको विष्फोटमा दुई रुसी कूटनीतिज्ञसहित कम्तीमा २५ जनाको मृत्यु भएको छ । काबुल सहरको दारुल अमान क्षेत्रमा विस्फोट भएको हो । उक्त विष्फोट रुसी दूतावासको गेटअगाडि भएको थियो । यो आत्मघाती बम आक्रमणकारी द्वारा गरिएको थियो । दूतावासबाहिर तैनाथ तालिवान सुरक्षा गार्डले आक्रमणकारीलाई चिनेको बताइएको छ । उनले आक्रमणकारीलाई गोली पनि हानेका थिए तर अचानक विष्फोट भयो ।

तालिवानका स्थानीय प्रहरी प्रमुख मौलावी साबिरका अनुसार आत्मघाती हमलाकारी लक्ष्यमा पुग्नुअघि नै मारिएको थियो । रसिया ती केही देशहरूमध्ये एक हो जसले अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि पनि काबुलमा आफ्नो दूतावास सञ्चालन जारी राखेको छ ।
यद्यपि मस्कोले आधिकारिक रूपमा तालिवान सरकारलाई मान्यता दिएको छैन । समाचार एजेन्सीका अनुसार रुसको विदेश मन्त्रालयले काबुलस्थित आफ्नो दूतावास नजिकै भएको विष्फोटमा दुई कर्मचारीको मृत्यु भएको स्वीकार गरेको छ ।

तालिवान सरकार आएपछि अफगानिस्तानमा हुने विष्फोटका घटना रोकिने नाम लिइरहेका छैनन् । सेप्टेम्बर २ मा, पश्चिमी अफगानिस्तानको हेरान्त प्रान्तको भीडभाड भएको मस्जिदमा भएको विस्फोटमा २० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मस्जिदका धर्मगुरु मौलाना मुजीब उर रहमान अन्सारी पनि हुनुहुन्थ्यो । यस हमलामा २ सय जना घाइते भएका छन् ।

गुजरगाह मस्जिदमा शुक्रबारको नमाजपछि मस्जिदभित्र आक्रमण भएको थियो । हेरातका गभर्नरका प्रवक्ताले यो आत्मघाती हमला भएको बताउनुभयो । तालिवानका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादर हेरन्त प्रान्तमा रहेका बेला आक्रमण भएको हो ।

यसअघि १७ अगस्टमा काबुलको एक मस्जिदमा विष्फोट भएको थियो, जसमा २० जनाको मृत्यु भएको थियो । अफगानिस्तानमा पछिल्लो समय आतंकवादी घटना तीव्र रूपमा बढेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?