दर्ता नगरी चलाईएका दुई फार्मेसी सिल

बाक्सिला बजारमा दर्ता नगरी चलाईएको फार्मेसी सिल गर्दै अधिकारीहरु । 

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-४ बाक्सिलाबजारमा दर्ता नगरी चलाईएको दुईवटा फार्मेसी पसल सिल गरिएको छ । स्थानीय पदमराज भण्डारी र विश्वविना राईले सञ्चालन गरेको फार्मेसीलाई सिल गरिएको हो ।

विभिन्न समयमा विभिन्न निकायवाट अनुगमन गरेर दर्ता गरी सञ्चालन गर्न दिएको निर्देशनलाई वेवास्ता गरेको र पुनः शनिबार सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साहको संयोजकत्वमा बजार अनुगमन गर्दा पनि फार्मेसी दर्ता नगरेको पाईएकाले सिल गरिएको घरेलु तथा साना उद्याेग खोटाङका प्रमुख भेषराज खत्रीले जानकारी दिनुभयो ।

खत्रीका अनुसार फार्मेसी सञ्चालनका निम्ति नेपाल सरकारले तोकेको प्रक्रियाहरु पूरा नभएसम्मलाई दुई फार्मेसी सिल गरिएको हो ।

दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा अधिकांश क्लिनिक तथा फार्मेसीहरु मापदण्ड विपरीत चलाईएको पाईन्छ । सदरमुकाम दिक्तेलबजारकै अधिकांश क्लिनिक तथा फार्मेसीहरुमा फर्मासिष्ट वा फार्मेसी सहायक छैन । औषधि ऐन २०३५ को दफा १७ मा औषधि बिक्रीवितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?