राष्ट्रिय खाद्य बैकले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्छ: अध्यक्ष उप्रेती

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । निजी क्षेत्रको लगानीमा मुलुकमा पहिलो पटक स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले आइपिओ निष्काशन गर्ने तयारी थालेको छ ।

बैकमा लगानी बिस्तारका लागि आइपिओ निष्कासन गर्ने बिषयमा पनि आफुहरु लागि परेको बैकका केन्द्रिय अध्यक्ष शंकरनाथ उप्रेतीले बताउनुभयो । अध्यक्ष उप्रेतीले भन्नुभयो, “निकट भविष्यमा नै किसानहरुका लागि आइपिओ खुला गर्ने योजना हामीहरुले बनाई रहेका छौँ, सवैको साझा बैक बनाउने उद्धेश्यका साथ बैक संचालनमा आएको हो ।” ६० करोड रुपैया सर्वसाधारणबाट आइपिओका लागि र एक सय ४० करोड प्रमोटर शेयरबाट लगानी गर्ने लक्ष बैकको रहेको अध्यक्ष उप्रेतीको भनाई रहेको छ ।

मुलुकका ७७ वटै जिल्ला र सातै प्रदेशहरुमा काम गर्ने ध्येयले स्थापना भएको बैंकले सर्वसाधारणका लागि पनि आईपीओ जारी गर्ने जनाएको छ । बैंकले लगानी विस्तार गर्न साधारण शेयर आइपिओ जारी गर्ने बैंकका अध्यक्ष उप्रेतीले बताउनुभयो ।

‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ २ अर्ब रुपैयाँको लगानीमा खाद्य बैंक स्थापना भएको हो । बैंकले कृषिजन्य वस्तुको उत्पादन र बिक्री गर्न सघाउने जनाएको छ । भोजपुरमा पनि शनिवारबाट बैकको सम्पर्क कार्यालय स्थापना गरिएको छ । बैकले प्रदेश सभा सांसद बिनोद बान्तवा, जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई, भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आले सहित सरोकारवाला निकायहरुको उपस्थितीमा बैक स्थापनासँगै अन्तरक्रिया समेत गरेको छ ।

बैंकले कृषिमा देशलाई आत्मनिर्भर बनाउँदै गुणस्तयुक्त खाद्य सामग्रीलाई भण्डारण गरी बैंक मार्फत् आफ्नै सेल्स डिपो मार्फत् होम डेलिभरीहरू ई-कमर्शमार्फत बिक्री वितरण गर्ने योजना बनाएको छ । बैंकले अर्गानिक उत्पादनलाई जोड दिने, कृषिमा आवश्यक ज्ञान, सीप, बिउ, बिजन, मलजलको समूचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्तिमा जोड दिने बैकका सम्पर्क समन्वय समितिका संयोजक हरिकृष्ण दाहालले बताउनुभयो ।

बैंकले देशभरका कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिएको दाहालले जानकारी दिनुभयो । जिल्लामा पनि खाद्य बैक स्थापनाले किसानहरुमा पनि उत्साह देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?