उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम, गठबन्धनबाट तीन जना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ ।

आईतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो ।

उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नाम फिर्ता लिने समय १ देखि ४ बजेसम्मको थियो । कुनैपनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ । अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।’

एमाले उम्मेदवार शाक्य बाहेक अन्य तीन जना ९ दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको हो । जसपाबाट दुई जनाको उम्मेदवारी परेको भएपनि उहाँहरु कसैले पनि उम्मेदवारी फिर्ता लिनु भएन ।
उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?