देशभरको मौसम सफा, तत्काल पानी पर्ने सम्भावना कम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आज सूर्योदय बिहान ६ बजेर १७ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?