कर्फ्यु पालना गराउन मलंगवामा सेनाको गस्ती, दिउँसो भएको झडपमा सुरक्षाकर्मीसहित दर्जनौं घाइते

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 6 mins

सर्लाही । कर्फ्युको उल्लङ्घन गरेर ढुङ्गामुढा र प्रदर्शनमा गर्न थाले पछि सदरमुकाम मलङ्गवामा कर्फ्युको कडा रुपमा लगाईएको छ । सर्लाही सदरमुकाम मलङ्गवामा नेपाली सेनाले समेत गस्ती थालेको छ ।

बिहीबार राति १० बजेदेखि जारी कर्फ्यु आइतबारबाट थप कडाइका साथ लागू गरिएको छ । नागरिक समाज, सञ्चारकर्मी र अन्य अगुवा व्यक्तिले नै सामाजिक सञ्जालमा जथाभाबी लेख्दा बाहिर गलत हल्ला फैलिएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले धार्मिक सद्भाव र शान्ति कायम गर्ने कार्यमा सकारात्मक सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ ।

उहाँले स्थिति नियन्त्रणमै रहेको र कर्फ्यु हटाएर जनजीवन सामान्य बनाउन आइतबार पनि जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, वडा अध्यक्ष लगायत सरोकारवालासँग छलफल गरिएको छ । कर्फ्यु आइतबारबाट थप कडाइका साथ लागू गरिएको छ ।

आइतबारको दिन भरी सदरमुकाम मलङ्गवाको ठाँउ– ठाँमा झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भीड नियन्त्रणका लागि ४० सेल भन्दा धेरै अश्रुग्यास प्रहार गरेको छ । सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले  बताउनु भयो ।

आज दिउँसो भएको झडपमा सुरक्षा तर्फ १२ जना सुरक्षाकर्मी घाइते भएका छन् भने केही संख्यामा प्रदर्शनकारी पनि घाइते भएका छन् ।

कर्फ्यु उल्लङ्घन गरेर ढुङ्गामुढा र प्रदर्शनमा उत्रने व्यक्तिलाई पक्राउ गर्न सुरु छ । यस समाचार तयार पर्दा सम्म सुरक्षाकर्मीले मलङ्गवाका ठाउँ–ठाउँबाट कर्फ्यु उल्लङ्घन गने ४० जना भन्दा धेरै पक्राउ गरि सकेका छन् । ती वटै सुरक्षा नीकायबाट गस्ती भइरहेको छ ।

उहाँका अनुसार कर्फ्यु पालना गराउन तथा आम नागरिकको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले कर्फ्यु उल्लङ्घन गर्नेलाई मलङ्गवाका ठाउँ–ठाउँबाट पक्राउ गरेकाे हाे । प्रदर्शन नरोकिएको र शान्ति भङ्ग हुनसक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ ।

मलङ्गवामा जिल्लासहित मातहतका विभिन्न युनिट, प्रदेश तथा विभिन्न गणबाट समेत नेपाल प्रहरी र सशस्त्र दुवैको थप मद्दत टोली परिचालन गरिएको छ । आइतबारबाट नेपाली सेनाले समेत गस्ती थालेको जनाएको छ ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सामाजिक सञ्जालमा आगजनी, तोडफोडजस्ता अफवाह फैलाइएकाले त्यसपछि नलाग्न अनुरोध गर्नुभएको छ । अत्यावश्यक काम परेका स्थानीय घरबाहिर निस्कन पाएका छैनन् भने मलङ्गवामा काम परेर जानुपर्नेहरु पनि समस्यामा परेका छन् । हाटबजार ठप्प हुँदा दैनिक उपभोग्य सामग्री किन्न समेत नपाएको स्थानीयको गुनासो छ । मलङ्गवाबाट छुट्ने तथा मलङ्गवा पुग्ने कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । शुक्रबारदेखि सदरमुकामका सरकारी तथा अन्य कार्यालय पनि खुल्न सकेका छैनन् । मलङ्गवाकै घटनासँग जोडेर जिल्लाका अन्य प्रमुख व्यापारिक केन्द्रमा समेत बेलाबेलामा प्रदर्शन भइरहेका छन् । चार दिनदेखिको कर्फ्युका कारण मलङ्गवासीको दैनिक कष्टकर बनेको स्थानीयको भनाइ छ ।

उता मुस्लिम आयोगकाले मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको हो । उहाँले मलगंवासहित मधेश प्रदेशका केहि जिल्लाहरुमा केही अराजक तत्वहरुले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्नुभयो ।

भने यस घटनाको सत्यतथ्य पत्ता लगाउन मधेसी आयोगले उच्च स्तरीय अनुगमन टोली पठाएको छ । उक्त घटनाले उग्र रुप लिएकोप्रति ध्यानाकर्षण गराउँदै आयोगले घटनास्थलमा अनुगमन टोली पठाएको हो ।

दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय–समयमा स्थानीय प्रशासनलाई निर्देशन दिएको जनाएको छ । यसबारे संघीय, प्रदेश तथा स्थानीय सरकारलाई सचेत समेत गराएको जनाइएको छ । आयोगले उक्त घटनामा घाइते भएकाको उपचारका लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानकर्षण गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?