विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौँ : अर्थमन्त्री महत

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाली संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने भएपनि विदेशी संस्कृतिलाई ग्रहण नेपालीहरुले गरिरहेको बताउनु भयो।
उहाँले विदेशी संस्कृति भित्रिने तर नेपाली संस्कृति छोड्दै जानु नेपालको लागि चुनौतिपूर्ण रहेको बताउनु भयो। उहाँले नेपालको वास्तविक संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले हाम्रो गलत प्रवृति,अन्धविश्वासलाई छाड्ने तर सबैलाई सहयोग गर्ने भावनालाई छोड्न नहुने बताउनु भयो। उहाँले नेपालीहरुले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिने भन्दा पनि छोड्दै जाने प्रवृति बढेको बताउनु भयो।

अर्थमन्त्री महतले नेपालीहरुले अहिले आत्मसाथ गरेको खानपान,जीवनशैलीलाई पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले नेपालको पुरानो रैथाने बालीलाई संरक्षण गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘ विदेशी संस्कृति जुन कुरा ग्रहण गर्नुहुँदैन थियो । त्यो बाहिरको कुरा राम्रो हो भनेर ग्रहण गरिरहेका छौं । नेपालका पनि कतिपय कुराहरु ग्रहण गरेका छौं । जे हामीले छोड्नु हुने थिएन । त्यो हामीले छाडि रहेका छौं ।नेपालको सन्दर्भमा अहिलको चुनौतिपूर्ण कुरा त्यो हो । त्यसलाई हामीले पुनःस्थापित गर्नुपर्छ । के हाम्रो गलत प्रवृत्तिहरु,अन्धविश्वासलाई छोड्ने तर नेपालको राम्रो पक्ष छ । सबैलाई सहयोग गर्ने भावना छ । त्यो कुराहरुलाई छोड्न भएन । तर त्यो कुरालाई पनि नेपालीहरुले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिएको भएको छ । नेपालीको खानपान,जीवनशैली आत्मसाथ गरेका छौं । त्यसमा हामीले पुनःविचार गर्नु पर्ने भएको छ । मैले रैथाने बालीलाई यो वर्षको बजेटमा संरक्षण गर्नेकुरा गरेको छु । अहिले ढिँडो उत्कृष्ट देखियो । शास्त्रमा खानेकुरा सबैको गुणहरु राखिएको छ । हामीले बाहिरको सकारात्मक कुराहरुलाई ग्रहण गर्नुपर्छ । बाहिरकाले पूर्विय कलासंस्कृत सिक्नुप¥यो भनेर छोड्न लागेका छन् । हामीलाई भौतिक विकासको आवश्यकता पनि छ । तर नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्नेगरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुन्छ ।’

उहाँले नेपाली रैथानेबाली भित्र पर्ने कोदोको ढिँडो अहिले उत्कृष्ट देखिएको बताउनु भयो। उहाँले विदेशी नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई मात्रै ग्रहण गर्नुपर्ने बताउनु भयो। उहाँले पछिल्लो समय विदेशी मुलुकका मानिसहरुले पूर्वीय कला संस्कृत सिक्न थालेको बताउनु भयो। उहाँले नेपालले नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्ने गरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?