नेपाल इको प्यानललाई आइएसओ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल इको प्यानलले तीनवटा आइएसओ प्रमाणपत्र पाएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको हो । नेपाल इको प्यानलले गुणस्तर व्यवस्थापन प्रणालीका लागि आइएसओ ९००१ः२०१५, पर्यावरण व्यवस्थापन प्रणालीका लागि आइएसओ १४००१ः२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षाका लागि आइएसओ ४५००१ः२०१८ प्राप्त गरेको होे ।

नेसनल सर्टिफिकेसन एण्ड म्यानेजमेन्ट प्रालि (एमएटिसिएम नेपाल) का व्यवस्थापन प्रमुख इसुजा अर्याल र प्रशासन प्रमुख प्रकाश सापकोटाले प्रमाणपत्र नेपाल इको प्यानलका महाप्रबन्धक विक्रम गोसाईंलाई हस्तान्तरण गर्नुभएको थियो ।

आइएसओे नेपाल इको प्यानलको सञ्चालनका विभिन्न पक्षमा उत्कृष्टताप्रतिको अटल प्रतिबद्धतालाई जोड दिएको कम्पनीले जनाएको छ । प्रमाणपत्रतर्फ कम्पनीले वातावरणीय प्रदूषण न्यूनीकरण गरी आफ्नो उत्पादन गरेको प्रष्ट्याएको हो । आइएसओ ९००१ः२०१५ प्रमाणीकरणले नेपाल इको प्यानलको बलियो गुणस्तर व्यवस्थापन प्रणालीलाई मान्यता दिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?