सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा उपाध्याय नियुक्त

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्याय नियुक्त हुनु भएको छ । पूर्व सिँचाइ ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।

उहाँलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । आयोगको अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री कमल बहादुर शाहले उपाध्यायलाई शपथ ग्रहण गराउनु भएको छ ।

उपाध्यायले हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?