आजदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । के हामी आत्मनिर्भर छौँ ? भन्ने नाराका साथ बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) सुरु हुँदैछ । एक्स्पोको सबै तयारी पूरा भएको फर्नेक्स नेपाल २०२३ का प्रवक्ता एवं नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव सञ्जय लामाले जानकारी दिनुभएको छ ।

प्रवक्ता लामाका अनुसार एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नुहुनेछ । असोज १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एक सयभन्दा बढी स्टल रहने र मुख्यतया एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायको सहभागिता रहने लामाले बताउनुभएको छ ।

एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न सहज मार्गनिर्देशन गर्ने उहाँले बताउनुभयो । संघका महासचिव लामाले भन्नुभयो, ‘ग्राहकलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामग्री उपलब्ध गराउन यो एक्स्पो महत्वपूर्ण हुने विश्वास लिएका छाँै । साथै फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसलाई साझा प्लेटफर्म प्रदान गर्ने भएकाले उद्योगी तथा व्यवसायीका लागि एक्स्पो साझा प्लेटफर्म बन्ने विश्वास छ ।’ फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि सन् २०१२ देखि फर्नेक्स नेपाल आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?