निष्प्रभावी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । स्थानीय जनताको जीवनस्तर सुधार गर्न मद्दत पु-याउने उद्देश्यले लागु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी वन्दै गएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार प्राप्त गर्नेको सङ्ख्या घट्दै जानु यसको संकेत हो । स्थानीय स्तरमा विकास निर्माण कार्यमार्फत् सार्वजनिक पुँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य राखी ०७६ बाट शुरु भएको यो कार्यक्रम आर्थिक वर्ष २०७९/०८० मा दाङमा एक हजार एक सय ९८ जनाले रोजगार प्राप्त गरेका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार ६ सय २६ जनाले रोजगार प्राप्त गरेका थिए भने आर्थिक वर्ष ०७७/०७८ मा २ हजार एक सय ६५ जनाले रोजगार प्राप्त गरेका थिए । दाङमा २ उपमहानगरपालिका, एक नगरपालिका र ७ वटा गाउँपालिका छन् ।

आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवर्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्नु यसको प्रमुख लक्ष्य हो । कार्यक्रमले लक्ष्य भेट्न सके कामका लागि पारिश्रमिक मार्फत् गरिबी न्यूनिकरण र सामाजिक संरक्षणमा महत्व पुर्ण योगदान पु¥याउन यो कार्यक्रम वलियो सहयोगी वन्ने लक्ष्य सरकारको छ । तर यस कार्यक्रममा सरकारले अपेक्षा गरे अनुसार नागरिकको सहभागिता हुन सकेको छैन ।

भने अनुसार काम नपाउने र अन्य स्थानमा काम गर्दा बढी पारिश्रमिक हुने भएकोले यो कार्यक्रम निश्प्रभावी वन्दै गएको हुन सक्ने जानकारहरु वताउछन । यो कार्यक्रमको कार्यविधि अनुसार ७० प्रतिशत ज्यालामा, १ प्रतिशत प्राविधिक खर्च, २५ प्रतिशत निर्माण सामग्री खर्च, २ प्रतिशत औजार खर्च र २ प्रतिशत सुरक्षा सामग्रीमा खर्च तोकिएको छ ।

बंगलाचुली गाउँपालिकामा आर्थिक वर्ष ०७९/०८० मा सूचीकृत गराएका ६ सय ३ जना मध्य १७ वटा आयोजनामा ८२ जनाले रोजगार प्राप्त गरेको देखिन्छ । त्यसैगरी घोराही उपमहानगर पालिकामा सूचीकृत गराएका ७ सय ७३ जना मध्य ३४ वटा आयोजनामा एक सय ४८ जनाले रोजगार प्राप्त गरेका गरेको तथ्याङकमा देखिन्छ । उता तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत गराएका ६ सय ५३ जना मध्य ७ वटा आयोजनामा ६७ जनाले रोजगार प्राप्त गरे । त्यसैगरी शान्तिनगर गाउँपालिकामा सूचीकृत गराएका ६ सय ६९ जना मध्य १२ वटा आयोजनामा ८१ जनाले रोजगार प्राप्त गरेको सकारी तथ्याङ छ । बबई गाउँपालिकामा सूचीकृत गराएका एक हजार एक सय ६५ जना मध्य ८ वटा आयोजनामा एक सय ९ जनाले रोजगारी प्राप्त गरे भेन दंगीशरण गाउपालिकामा सूचीकृत गराएका एक सय ५७ जना मध्य ९ वटा आयोजनामा ५१ जनाले रोजागरी प्राप्त गरे । लमही नगरपालिकामा सूचीकृत गराएका ४ सय ४६ जना मध्य ५ वटा आयोजनामा ८७ जनाले रोजगारी प्राप्त गरेको देखिन्छ । त्यस्तै राप्ती गाउपालिकामा सूचीकृत गराएका ५ सय ९३ जना मध्य १० वटा आयोजनामा ९८ जनाले रोजगारी प्राप्त गरेका गरे भने गढवा गाउँपालिकामा सूचीकृत गराएका एक हजार १७ जना मध्य २३ वटा आयोजनामा ३ सय ७१ जनाले रोजगारी प्राप्त गरे भने राजपुर गाउँपालिकामा रोजगारीको लागि सूचीकृत गराएका ९ सय ७२ जना मध्य १० आयोजनामा एक सय ४ जनाले रोजगार प्राप्त गरेको सरकारी तथ्याङक छ ।

आर्थिक वर्ष ०७८/०७९ मा बंगलाचुली गाउँपालिकामा १ सय ५४ जना, घोराही उपमहानगरपालिकामा १ सय ५६ जना, तुलसीपुर उप महानगरपालिकामा ३ सय १ जना, शान्तिनगर गाउँपालिकामा १ सय २५ जान, बबई गाउँपालिकामा १ सय ७५ जनाले रोजगार प्राप्त गरेका थिए । यसैगरेर दंगीशरण गाउँपालिकामा ६० जना, लमही नगरपालिकामा १ सय १ जना, राप्ती गाउँपालिकामा ८२ जना, गढवा गाउँपालिकामा ४ सय ३ जना र राजपुर गाउँपालिकामा ६९ जनाले रोजगार प्राप्त गरेका थिए ।

आर्थिक वर्ष ०७७/०७८ मा बंगलाचुली गाउँपालिकामा ३ सय ६४ जना, घोराही उपमहानगरपालिकामा ३ सय २६ जना, तुलसीपुर उपमहानगरपालिकामा एक सय ७४ जना, शान्तिनगर गाउँपालिकामा २ सय ८ जना, बबई गाउँपालिकामा एक सय ७३ जनाले रोजगार प्राप्त गरेका थिए । यसैगरेर दंगीशरण गाउँपालिकामा १८ जना, लमही नगरपालिकामा २ सय ७८ जना, राप्ती गाउँपालिकामा १ सय ८९ जना, गढवा गाउँपालिकामा २ सय ६३ जना र राजपुर गाउँपालिकामा एक सय ७२ जनाले रोजगार प्राप्त गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?