विकिन र सविता सर्वोत्कृष्ट

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । विकिन जोशी र सविता हृयान्जु नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सको आयोजनामा भएको राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । जोशी र हृयान्जुले समग्रमा नेपालको स्ट्रङ्गेष्ट एथलेटको उपाधिका साथै नगद ३७ हजार पाँच सय, मेडल, ट्रफी र विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्नुभयो ।

दुईदिने प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर र मास्टर्स गरी चारवटा विधाअन्तर्गतका विभिन्न ११ वटा समूहमा आधारित खेल गराइएको थियो । जसमा पुरुष खुलाअन्तर्गत ६२ केजी वजन समूहमुनिको खेलमा निमेष चुकान, बलबहादुर सुनार र दिनेश सिख्राकर, ६२.१ केजी-६९ केजी वजन समूहको खेलमा विकिन जोशी, विक्रम थापा र विकास गुरुङ, ६९.१ केजी-७७ केजी वजन समूहको खेलमा रविन राई, विजु लामा र विजय प्रजापती, ७७.१ केजी-८५ केजी वजन समूहको खेलमा विकेस श्रेष्ठ विजेता बन्नुभयो ।

यस्तै, ८५+ केजी वजन समूहको खेलमा ओजस जोशी, मनोज श्रेष्ठ र मनिष शाक्य क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी पुरुष विधाअन्तर्गतका पाँचवटा वजन समूहको खेलमा समूहगत विजेता हुनुभयो । त्यसैगरी महिला खुला विधाअन्तर्गत ५८ केजी वजन समूहको खेलमा सविता हृयान्जु, आश्मा श्रेष्ठ र नेहा रय, ५८.१ केजी-६४ केजी वजन समूहको खेलमा पुनम बोम्जन, एन्नी दर्जी र एली लिम्बू, ६४+ केजी वजन समूहको खेलमा शर्मिला शाह, जुनु महर्जन र मनुकला राईले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी महिला खुलाअन्तर्गतका तीनवटा वजन समूहमा आधारित प्रतिस्पर्धाको समूह विजेता हुनुभयो ।

त्यसैगरी जुनियरअन्तर्गत २१ वर्षमुनिको उमेर समूहबीचको खेलमा जेम्स(विप्लव), राजीव खड्का र सुधीर श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभयो । मास्टर्स पुरुष ४५+ उमेर समूहको खेलमा ताराबहादुर थापा क्षेत्री, रोशन मानन्धर र दिलेन्द्र महर्जनले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभयो । मास्टर्स महिला ४०+ को उमेर समूहको खेलमा लक्ष्मी महर्जन, पूजा प्रधान र माया मगरले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभयो ।

प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर र मास्टर्सअन्तर्गतको प्रत्येक समूहको खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल समूह विजेता खेलाडीहरूलाई प्रोत्साहन स्वरूप क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कारका साथै मेडल, ट्रफी र आकर्षक उपहारहरूबाट पुरस्कृत गरिएको थियो । सबैभन्दा बढी अंक प्राप्त गर्न सफल गो फिट, भक्तपुरले नेपालको स्ट्रङ्गेस्ट क्लब २०२३ को उपाधि प्राप्त गर्न सफल भयो । प्रतियोगितामा देशभरबाट १६४ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक अध्यक्ष सुकदेव कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गगनकुमार थापा रहनुभएको थियो भने विशिष्ट अतिथि पिन्टोला नेपालका सञ्चालक तथा उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य प्रेमहरि मैनाली, नेपाली सेनाका पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश राजभण्डारीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?