एमाले बागमतीको नेतृत्व छान्न मतदान सुरू, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ ।

अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल चुनावी मैदानमा उत्रिनुभएको छ । यसअघि केशवप्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उहाँहरुले पछि फिर्ता लिएकाले दुई जनाबीच मात्र अध्यक्षमा प्रतिस्पर्धा हुँदैछ ।

यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जना उम्मेदवार छन् । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला तथा सचिव पदमा नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा हुुनुहुन्छ ।

निर्वाचन समितिका अनुसार ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा हुनुहुन्छ भने मकवानपुरका दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहनुभएको छ ।

बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएको थियो । तर, सहमतिको प्रयासका लागि हिजो मतदान गराएको थिएन । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?