एक लाख पचास हजार घुस रकमसहित नायब सुब्बा र खरिदार पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग रु १,५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुलाई इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट एक लाख पचास हजार घुससहित पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?