अध्यक्षको निर्देशन र चाहनाविपरीत एमालेको प्रदेश नेतृत्व चयनमा प्यानलसहित प्रतिस्पर्धा

नेतृत्वको बलमिच्याइँ कार्यकर्ताद्वारा अस्वीकार

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । २०७० सालमा तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेर संसदीय दलको नेता बनेसँगै नेकपा एमालेमा ओली युग सुरु भएको थियो । पार्टी अध्यक्ष खनाललाई पराजित गरेर दलको नेता भएको अर्को वर्ष २०७१ मा अध्यक्षका उम्मेदवार माधवकुमार नेपाललाई पराजित गर्दै केपी शर्मा ओली नेकपा एमालेका बागडोर सम्हाल्न सफल हुनुभयो । पार्टी अध्यक्ष बनेको अर्को वर्ष २०७२ सालमा संविधान जारी भएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्न सफल हुनुभयो । त्यो पनि आफ्नो कटु आलोचक पार्टी नेकपा माओवादी केन्द्रको समर्थनमा । त्यसयता नेकपा एमालेमा ओलीलाई टक्कर दिने नेता देखिएनन् । पार्टीको तल्लोदेखि माथिल्लो कमिटीमा ओलीले जे भन्यो त्यो सर्वसम्मत सदर हुँदै आएको थियो । अर्थात्, अध्यक्ष ओलीले जे बोल्यो सकियो । फरक मत राख्ने आँटसमेत नेताहरूले गर्न छाडे । एमालेभित्र ओली यति शक्तिशाली देखिनुभयो कि ओलीको बोलीलाई नै विधिविधान मानुपर्ने अवस्था सृजना भयो । २०७८ सालमा चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएका भीम रावललाई गत संसदीय निर्वाचनको टिकटसमेत दिनुभएन । यति मात्र नभई नवौँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष निर्वाचित रावललाई ओलीले पार्टी गतिविधिबाट अलग हुन बाध्य पार्नुभयो ।

नेतृत्वमा आएलगत्तै ओलीले पार्टीमा दुई प्रस्ताव अघि सार्नुभयो । पहिलो ‘एक व्यक्ति, एक पद’ र दोस्रो ‘एक कार्यकालभन्दा बढी पार्टीको नेतृत्वमा नरहने ।’ तर, ओली आफ्नै प्रतिबद्धता बिर्सिएर पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री बन्नुभयो । नेकपा विभाजनपछि त उहाँले पार्टी अध्यक्षमा आफू बाँचुन्ेल विकल्प नै नभएको पनि तर्क पेस गर्नुभयो । जसको परिणाम तेस्रो कार्यकालका लागि अध्यक्ष बन्े बाटो खोल्दै ७० वर्ष कटेपछि नेतृत्वमा चुनिन नपाइने विधानको प्रावधान नै हटाइदिनु भयो । एमाले विधानको धारा ६४ मा पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष पूरा नभएको हुनुपर्ने उल्लेख थियो । २०७८ साल मंसिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा अध्यक्ष ओली ७० वर्ष पुग्तीन महिनामात्रै बाँकी थियो । ओलीकै सजिलोका लागि त्यसबेला विधान संशोधन गरेर ‘७० वर्ष पूरा नहुँदै निर्वाचित भएको व्यक्ति’ लाई उमेरहद नलाग्े प्रावधान विधानमा थपिएको थियो । विधानतः एमालेको एघारौँ महाधिवेशन २०८३ सालमा हुनेछ । विधानमा ७० वर्षे उमेरहद नहटाउने हो भने आगामी महाधिवेशनमा केपी ओली अध्यक्ष बन्पाउने अवस्था छैन । ओलीले आफूलाई आजीवन अध्यक्ष बनाउनका लागि उमेरहद हटाएको राजनीतिक वृत्तमा चर्चा छ ।

आफ्नो बोलीलाई नै विधिविधान मानुपर्ने पार्टीभित्रको अवस्थाबाट अध्यक्ष ओली अहिले चलिरहेको प्रदेश अधिवेशनमा भने निरीहजस्तै देखिनुभएको छ । अहिलेसम्म सम्पन्न प्रदेश अधिवेशन ओलीको इच्छा विपरीतका हुन् । सबैभन्दा पहिले भएको लुम्बिनीको अधिवेशनमार्फत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकताको सन्देश दिन चाहनुहुन्थयो । एकताको सन्देशसँगै अध्यक्ष ओलीको भित्री चाहना आफूले चाहेको व्यक्तिलाई नेतृत्वमा ल्याउने थियो । तर, एमालेको प्रदेश अधिवेशनको सुरुवात नै ओली निर्देशन र चाहनाविपरीतबाट भयो । लुम्बिनी प्रदेशमा सर्वसम्मतिको भगीरथ प्रयत्न र नेतृत्वले बलमिच्याइँ गर्दा पनि प्रतिनिधिले अस्वीकार गरेपछि अन्ततः नेतृत्व चयन निर्वाचनबाट भयो । चितवन महाधिवेशनमा आफू सर्वसम्मत बन्न खोजेजस्तै प्रदेशमा पनि नेतृत्व सर्वसम्मत बनाउने ओलीको प्रयत्न विफल बनेको छ । फरक विचार र फरक मत राख्नेलाई ओलीले कुनै स्पेससमेत नदिने गरेको विगतका उदाहरणले देखाउँछ । तर, यसपटक ओलीले खोजेजस्तो र भनेजस्तै गरी तल्लो तहका कार्यकर्ताले मानेनन् ।

लुम्बिनीमा प्यानल नै बनाएर निर्वाचन भएको मन नपराउनुभएका ओलीको सोही हविगत बागमती प्रदेश अधिवेशनमा देखिएको छ । लुम्बिनी प्रदेश अधिवेशनबाट हौसिएका नेताहरूले भने बागमतीमा पनि ओलीको निर्देशनलाई बेवास्ता गरिदिएका छन् । भृकुटीमण्डपको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मतिले नेतृत्व चुन्न भन्नुभएको थियो । सर्वसम्मत नभए चुनाव गर्न तर प्यानल नबनाउन निर्देशन दिनुभएको थियो । तर, ओलीको निर्देशनविपरीत बागमती प्रदेशमा पनि दुई समूहबीच प्यानल प्रतिस्पर्धा भयो । कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्यद्वय गोरख बोगटी र यामलाल कँडेलले आ-आफ्नो उम्मेदवार अघि सार्नुभएको छ । कर्णालीमा पनि अध्यक्ष ओलीको इच्छाविपरीत प्यानलसहित नै प्रतिस्पर्धा हुने निश्चित भएको छ । कोशी प्रदेश अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

कोशीमा पनि दुई समूहबीच प्यानलसहित चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । पार्टी केन्द्रीय नेतृत्वले सर्वसम्मत नेतृत्व चयन गर्न तीव्र दबाब दिए पनि त्यो सम्भावना नरहेको एमालेकै नेताहरूको भनाइ छ । अधिवेशन हुन बाँकी सुदूरपश्चिम र मधेश प्रदेशमा पनि अध्यक्ष ओलीको चाहनाअनुसार सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना देखिँदैन । ओलीको बोलीलाई नै विधिविधान मान् नेकपा एमालेमा विस्तारै ओलीको आदेश अस्वीकार गर्दै नेताहरू मैदानमा होमिन थालेका छन् । अर्कोतिर उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतले पूर्वराष्ट्रपति भण्डारीको आडमा ओलीविरुद्ध प्रतिस्पर्धा गर्न टिम तयार गरिरहेको देखिन्छ । ओलीको पक्षका बलिया नेता सुवास नेम्वाङको निधनपछि ओली थप कमजोर बनेको विश्लेषण हुन थालेको छ ।

प्रचण्ड र माधवले कम्युनिष्ट पार्टी फुटाउने षड्यन्त्र गरे : ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावलाई लक्ष्य बनाएर हरेक वडामा एमालेलाई पहिलो बनाउने काममा लाग्न निर्देशन दिनुभएको छ । शुक्रबार विराटनगरमा पार्टी कोशी प्रदेश कमिटी अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले ८४ को चुनावलाई लक्ष्य बनाएर हरेक वडामा एमालेलाई पहिलो बनाउने काममा लाग्न निर्देशन दिनुभएको हो । आफूलाई प्रधानमन्त्री हुँदा प्रचण्ड र माधव नेपालहरूले ‘दक्षिणपन्थीहरूको साथ लागेर हटाएको’ आरोप लगाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने षड्यन्त्र प्रचण्ड र माधवले गरे । अहिले उनीहरू नै वाम एकताको अनावश्यक कुरा उठाइरहेका छन् । यी कोही पनि वाम होइनन् । हामी मात्रै वाम शक्ति हौँ । एमाले बलियो बनाएर अघि बढौँ । अन्यत्र शिला खोज्न नलागौँ । एमालेले देश बनाउने भयो भन्ने त्रासले आत्तिएकाहरूले अनेक षड्यन्त्र गरेर पार्टी फुटाए । सरकार ढाले ।’

अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न र नभए स्वस्थ प्रतिस्पर्धा गर्न आकांक्षीहरूलाई आग्रह गर्दै भन्नुभयो, ‘पार्टीमा अहिले एकता चाहिएको छ, दुनियाँ विरुद्धमा लाग्दा पनि एमाले बलियो छ । पार्टीमा प्रतिस्पर्धा हुनसक्छ । तर, त्यसलाई हार्दिक र एकताबद्ध रूपमा लिनेगरी सबैले ग्रहण गर्नुपर्छ ।’

प्यानल बनाएर निर्वाचनमा गए सहृय हुँदैन : पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले मिसन ८४ मा लागेकाले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको हो । सहमतिमा नेतृत्व चयन नभए मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन दिनुभएका पोखरेलले प्यानलवाइज निर्वाचनमा गए नेतृत्वले नसहने चेतावनीसमेत दिनुभयो । अहिलेको अवस्थामा पार्टी नेतृत्वको निर्देशन अटेर गरेर लागे हिजोको दिनमा योगदान गरेको थियो भन्ने बिर्सने उल्लेख गर्दै उहाँले पार्टीभित्रको संगठनात्मक अराजकता हटाउनुपर्नेमा जोड दिनुभयो । दक्षिणपन्थी अवसरवाद पनि चुनौतीको रूपमा आएको पोखरेलको भनाइ छ ।

पहिचानका नाममा एमालेविरुद्ध षड्यन्त्र भइरहेको छ : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पहिचानको नाममा अहिले एमालेविरुद्व षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ । एमाले कोशी प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको दाबी गर्दै भन्नुभयो, ‘कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरूको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको छ । अहिले जातीय र धार्मिक अतिवाद सुरु भएको छ । अतिवाद निम्त्याएर एमालेलाई पहिचानविरोधी पार्टीको रूपमा स्थापित गर्न खोजिएको छ । एमाले पहिचानविरोधी पार्टी होइन । सबै जातजाति र धार्मिक समुदायको समस्या बुझ्ने पार्टी हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?