आसीत्पुरञ्जनो नाम राजा राजन् बृहच्छssवाः । तस्याविज्ञातनामाद्रद्रसीत्सखाविज्ञातचेष्ठितः ।।
यो श्लोकश्रीमद्भागतवतको चौथो स्कन्धको पच्चीसौं अध्यायको हो । नारदले प्राचीनबर्हिलाई सुनाएको कथा हो यो । पुरञ्जन नाम गरेका कुनै व्यक्ति थिए । पुरञ्जन पछि राजा भए । उनको अभिन्न मित्रको नाम अविज्ञात । यी दुुबै कहिले पनि भिन्न भएर बस्न सक्दैनथे । पुुरञ्जनले अविज्ञातलाई पृथ्वी भ्रमण गर्ने आग्रह गरे । अविज्ञातले भ्रमण नगर्ने र एकै स्थानमा रहने आशय व्यक्त ग¥यो । पुरञ्जन भ्रमणमा निस्क्यो । भ्रमणमा जाँदा ऊ एउटा नगरमा पुुगेको छ । त्यो नगरकी शासक महिला छिन् । उनी अविवाहित छिन् । पुुरञ्जन र ती महिलाको भेट हुन्छ र तिनीहरू वैवाहिक सम्बन्धमा बाँधिन्छन् । राजा पुरञ्जन र तिनकी महारानी भोगविलासमा मस्त रहन्छन् ।
उनीहरूको स्वभाव र कर्मले कहिले पनि राज्य र जनताका बारेमा सोचेन । उनीहरू मस्त रहे । समयको गतिसँगै राज्यमा आक्रमण भयो । जरा नामकी कन्याले पुुरञ्जनलाई मन पराउँछिन् । पुुरञ्जनको राज्यमा आक्रमण गर्छिन् । उक्त आक्रमणबाट उनीहरूको अवस्था कमजोर बन्दै गयो । मृत्युु प्राप्त हुुनुुपूर्व पुुरञ्जन आफ्नी रानीलाई सम्झेर रुन्छ । पछि आएर नारीका रूपमा जन्मेको र पुुनः वैवाहिक सम्बन्धमा बाँधिएको कथा आउँछ । आफ्नो पति मरेकोमा सती जान लागेको पुरञ्जन (नारीका रूपमा थियो) लाई भेट्न अविज्ञात आउँछ । भेट्छ अविज्ञातले पुरञ्जनलाई । यही कथा हो भागवतमा वर्णन गरिएको । पुरञ्जनको मृत्युु भएर उनी विदर्भ राजाकी छोरीका रूपमा जन्मेका छन् । उनको विवाह पाण्ड्य देशका राजा मलयध्वजसित भएको छ ।
शासन गर्ने व्यक्ति वा राजाले सदा हेर्नुुपर्ने देश र जनताको सामाजिक, भौतिक र आर्थिक अवस्था हो । त्यो नहेरेर व्यक्तिगत चाहना र वासनाको समुुद्रमा डुुब्ने शासकको शासकीय अवस्था र पारिवारिक अवस्था समेत कमजोर हुने कुरालाई उपन्यासमा बलपूूर्वक स्वीकार गरिएको छ ।
यो कथाको सन्दर्भलाई लिएर पूूर्णप्रसाद ब्राह्मणले पौराणिक उपन्यास लेखेका छन् । यो उपन्यासको प्रकाशन सन् १०१८ हो । यो उपन्यासमा ब्राहृमणले जुुन कुराको स्मरण गराए त्यो पञ्चायतकालीन शासकीय पद्यतिको अवस्थालाई बाहिर ल्याएको देखिन्छ । शासनमा देखापरेको सामाजिक मान्यता र त्यसले अभिव्यक्त गरेको सन्दर्भलाई उपन्यासको कथावस्तुुमा उनले उनेको पाइन्छ । यो उपन्यासमा राजा पुुरञ्जन र मलयध्वजको शासन व्यवस्थाको चर्चालाई बाहिर ल्याएइएको छ ।
पञ्चायती शासनको झल्को :
विसं २०४० तिर लेखिएको यो उपन्यासको प्रकाशन पछि भएको देखिन्छ । शासनको बाग्डोर सम्हालेको पुुरञ्जन जसरी रोएको छ र नारीको चङ्गुुलमा फसेर राज्यको शासन व्यवस्थामा जुुन किसिमको अवस्थालाई सिर्जना गरेको छ त्यो अवस्थाको झल्को नेपाली शासनमा पनि देखियो भन्ने तर्कलाई ब्राह्मणले यहाँ उतारेका छन् । ब्राहृमण नेपालको शासन सत्तामा जुन किसिमको अवस्था तत्कालीन राजाहरूले गरे त्यो अवस्थाको चित्रणलाई उपन्यासमा उतार्न सफल भएका छन् । सत्तामा रहेर जीवनका हरेक पललाई देश र जनताका लागि समर्पित हुनुुपर्नेमा त्यसो नभएको तर्कलाई लिएर उपन्यास सिर्जना भएको देखिन्छ । पौराणिक कथालाई उनले प्रतीकात्मक तरिकाबाट बाहिर ल्याएका छन् । पञ्चायती शासनको परिवेशलाई प्रकट गरेर ।
शासन गर्ने व्यक्ति वा राजाले सदा हेर्नुुपर्ने देश र जनताको सामाजिक, भौतिक र आर्थिक अवस्था हो । त्यो नहेरेर व्यक्तिगत चाहना र वासनाको समुुद्रमा डुुब्ने शासकको शासकीय अवस्था र पारिवारिक अवस्थासमेत कमजोर हुने कुरालाई उपन्यामा बलपूूर्वक स्वीकार गरिएको छ । सत्तासीन रानीहरूको सदा गुनासो मन्त्रीहरूको काम कर्तव्यप्रति हुने गरेको देखिन्छ । उपन्यासमा मन्त्री सदा देशको विकास र उन्नतिका कुराहरूलाई राजाले सम्बोधन गरून् भन्ने चाहन्छन् । रानी मन्त्रीहरूलाई पनि दर्शन नदिन आग्रह गर्दछिन् राजालाई । मन्त्रिमण्डल पटकपटक पुुनर्गठन गर्ने प्रवृत्ति तत्कालीन शासन व्यवस्थामा सदा विद्यमान् रहेको तथ्यलाई उपन्यासले गतिलो तरिकाबाट बाहिर ल्याएको छ ।
राजा पुुरञ्जनले जनतालाई कसरी हेर्ने गर्थे भन्ने सन्दर्भमा ब्राह्मण उपन्यासमा भन्छन् सत्तापक्षले पनि जनपक्षलाई सेव्य भावले, ममताको भावले नहेरेर केवल प्रतिपक्षकै रूपमा हेर्न थाल्यो र उसमा यो मेरो कर्तव्य, यो उत्तरदायित्व, यो कर्म, यो धर्म भन्न यी कुनै भावनाको पनि लक्षण देखा पर्न छोड्यो । यो पुरञ्जनले चलाएको राज्यको अवस्था हो । रानीसित खोपीमा रमाउने, समय समयमा शिकार खेल्न महिनौं बाहिर जाने, जनता र उनीहरूका गुुनासाका बारेका कहिले पनि नसुुन्ने पुरञ्जनको शासकीय पद्यतिले तत्कालीन समयको धज्जी उडाएको देखिन्छ ।
मन्त्री देशप्रति र राज्यप्रति सदा बफादार रहनुुपर्दछ । यदि आफूू र आफ्नो पदलाई मात्र सबै ठान्ने मन्त्रीको नियुुक्तिले देशको विकास हुुन सक्दैन भन्ने तथ्यलाई प्रमाणित गरिदिएको ह्ुुन्छ । बाढी, पहिरो, सुुक्का, अनिकाल परेर खेतीपाती नहुुँदा पनि जनतालाई वास्ता नगर्ने राजाकोे कृषिमन्त्री मन्त्रिपरिषद्मा भन्छन् केवल आफ्नी श्रीमती र घरका नोकरचाकरमा धाक जमाउन सक्ने वजनको यो मन्त्री पदको सिनो हामीलाई किन कुर्न मन लागेको हो, म आफैं छक्क पर्दछुु, सबैको हामीप्रति यत्रो घृणा हुँदाहुुँदै, त्यो जान्दाजान्दै ¤ प्रहरी र सैनिक वरिपरि नहुने हो भने जनताले हाम्रो चौटा-चौटा लुच्छ प्रधानमन्त्रीज्यूू !
यो अभिव्यक्ति पुरञ्जनका मन्त्रीको हो । मन्त्रीको अभिव्यक्तिमा आएका यस किसिमका भावना पक्कै पनि शासनमा देखापरेका अनियमितताको उपज हो । मन्त्री पदमा नियुुक्त भएपछि देश र जनताका लागि समर्पित हुन सकिँदैन भने मन्त्री पदको काम छैन भन्ने सन्दर्भलाई ब्राहृमण कति सरल तरिकाबाट बाहिर ल्याएका छन् ।
मलयध्वजको शासनलाई ब्राहृमणले गतिलो शासनका रूपमा लिएका छन् । उनको शासन व्यवस्था जनताको हित र राष्ट्रको विकासका लागि समर्पित रहेको देखिन्छ । जनतालाई दुुःख दिएमा आफ्ना छोरालाई समेत सजाय दिने मलयध्वज उत्तरार्धमा जनताले नचाँहदा पनि वानप्रस्थी बनेका छन् । मलयध्वज व्रत, तप र यज्ञयज्ञादिमा सदा समर्पित रहेका छन् । राजा पुुरञ्जनलाई उनकी रानीले वासना र स्वार्थमा चुर्लुुम्म डुुबाएकी छिन् । मलयध्वजलाई रानीले नै सत्कार्य र जनसेवामा समर्पित गरेकी छिन् । यसले गर्दा उपन्यासमा तत्कालीन नेपलका राजाहरूको शासकीय पद्यतिको झल्को देखिएको छ । प्रजातन्त्रलाई सर्वोपरि मान्ने ब्राहृमणले प्रजातन्त्रका हिमायती मलयध्वजलाई मानेका छन् । पुुरञ्जनको शासन गर्ने पद्यति र व्यवस्थाले पञ्चायती शासन र शासकले गर्ने शासकीयव्यवस्थाको अनुुभूूति पाठकले उपन्यासको पठनबाट पूूर्णरूपमा पाउने छन् ।
प्रजातन्त्रका हिमायती :
जयतुु संस्कृतम् आन्दोलनका माध्यमबाट राणाशासनलाई चुुनौती दिने ब्राह्मण समाज सुुधार र देशको विकास भएको हेर्न चाहन्थे । सदा प्रजातन्त्रका हिमायती ब्राहृमणले उपन्यासमा प्रजातन्त्रपछि शासकका रूपमा मलयध्यजलाई लिएको सङ्केत उपन्यासका आधारमा पहिल्याउन सकिन्छ । शासनमा सबै समान् हुनुुपर्दछ । शासकीय पद्यितिले कहिले पनि तेरो मेरो भन्ने भावनालाई पच्छ्याउनुु हुँदैन भन्ने धारणालाई उनले मलयध्वजको शासनबाट देखाएका छन् ।
वास्तवमा शासकको पूूजा र आराधना शासकको कर्मबाट हुने गर्दछ । व्यक्ति वा शासनमा आफूलाई समर्पित गर्ने व्यक्तिको सम्झना देशका जनताले सदा सम्झिरहने कुरालाई नर्कान सकिँदैन । शासकले गर्ने व्यवहार र उसले राष्ट्रप्रति गरेको समर्पणका आधारमा सम्झिने गरेका हुन्छन् जनताले पनि ।
मलयध्वज आफ्ना मन्त्रीहरूलाई सम्बोधन गर्दै भन्छन् जुन कामले राष्ट्रका जनताको आर्थिक स्तरमा वृद्धि ल्याउँछ, त्यस्तो उत्पादक कार्यमा मात्र राष्ट्रिय सम्पत्तिको उपयोग गर्नूू । गत वर्षका कामहरूबाट यस वर्षको राष्ट्रिय आयमा कति वृद्धि हुन आयो, यो नै मन्त्रीपरिषद्को मापदण्ड हो । उच्चउच्च पदमा बसेर आफ्नो वैयक्तिक आर्थिक सुुधार गर्ने, राष्ट्र र जनताको निमित्त केही नगर्ने तर यति समय अमूक ओहोदामा बसेर काम गरेको थिएँ भनेर अरूको अगाडि निर्लज्ज गर्व गर्ने व्यक्तिलाई,चिनिराख्नुु जडजन्तुु भनेको त्यही हो । यो पृथ्वीको भार हो । काम गर्दा त्यस्तो जड्जन्तुु बन्न नपरोस् भनेर भगवान्सँग प्रार्थना गरेर भित्र त्रास र सावधानी लिएर तिमीहरूले कदम चाल्नुु ।
यही हो प्रजातन्त्र र त्यसले निर्वाह गर्ने शासन पद्यति पनि । यही पद्यतिलाई ब्राहृमणले आफूले लेखेको उपन्यासमा राखेका छन् । यो भनाइले देश, जनता र राष्ट्रको विकासलाई सबैभन्दा माथि राखेको पाइन्छ ।
उपन्यासमा ब्राहृमणले जुुन किसिमको सत्ताको कल्पना गरेका छन् त्यो अवस्था उनले प्रतीकात्मक माध्यमबाट नेपाली समाजको शासकीय पद्यतिलाई जोडेको पाइन्छ । नेपालमा राजतन्त्रले पुरञ्जनको झल्को दिएको देखिन्छ तर प्रजातन्त्रमा मलयध्वजको शासन देख्ने ब्राहृमणको धोको पूरा हुन सकेन । प्रजान्तनत्रबाट हामी अहिले गणतन्त्रमा पुुुगिसकेका छौँ । गणतन्त्रले पनि हामीलाई मलयध्वजको शासकीय पद्यति दिन सकेको छैन । शासन व्यवस्थाका हरेक सन्दर्भहरू चर्मराएका छन् । पौराणिक विषयलाई उनले जसरी यो उपन्यासमा प्रस्तुत गरे त्यो उनको खुुबी नै मान्नुुपर्दछ । सदा आफ्नो परम्परा र संस्कृतिप्रति समर्पित ब्राहृमणले कृतिलाई सारै रोचक बनाएका छन् ।
सनातन परम्परामा सदा विश्वास गर्ने, हाम्रो संस्कार र हिन्दूू धर्ममा सदा समर्पित रहने ब्राहृमणले जुन किसिमको उपन्यास दिएका छन् त्यसले नेपाली पौराणिक इतिहासलाई जीवन्त बनाएको छ । शासनमा पुुरञ्जन जस्ता शासक पनि हुन्छन् जसले आफूलाई वासनामा समर्पण गरेर राज्यको व्यवस्थापकीय पक्षमा आँखा चिम्लेको छ । मलयध्वज जस्ता शासक पनि हुन्छन् जसले जनता र उनीहरूको सुुख, सुुविधा तथा राज्यको विकासभन्दा अरू केही पनि खोजेनन् ।
ब्राहृमणको यो उपन्यासले आजको शासकीय पद्यतिलाई पनि कसिलो व्यङ्ग्यको झटारो हानेको छ । शासन व्यक्तिगत चाहना र इच्छालाई मनमा राखेर गरिनुु हुँदैन । शासकको मन मस्तिष्कमा सदा देश र जनता रहेको हुनुुपर्दछ । पौराणिक विषय भए पनि शासन चलाउँदा शासकमा रहने इच्छाशक्तिलाई मलयध्वजको शासनले देखाएको छ । प्राचीन शास्त्र तथा उपनिषद्का ज्ञाता ब्राहृमणले उपन्यासको अन्त्यमा भन्छन् दिवंगत भइसकेपछि पनि यस्तै प्रजाप्राण, प्रजावत्सल राजालाई जनताले बिर्सन नसकेर आफ्ना पितृसहर साक्षात् पितृभावना राखेर भूस्वामिपितृभ्यो नमः भनीकन प्रत्येक श्राद्धको दिनमा सम्झन्छन् ।
वास्तवमा शासकको पूूजा र आराधना शासकको कर्मबाट हुने गर्दछ । व्यक्ति वा शासनमा आफूलाई समर्पित गर्ने व्यक्तिको सम्झना देशका जनताले सदा सम्झिरहने कुरालाई नर्कान सकिँदैन । शासकले गर्ने व्यवहार र उसले राष्ट्रप्रति गरेको समर्पणका आधारमा सम्झिने गरेका हुन्छन् जनताले पनि । ब्राहृमणको प्रस्तुत उपन्यास एकसय सत्ताइस पृष्ठ तीस परिच्छेदमा विभाजन भएको छ । लघु आकारको यो उपन्यासले पौराणिककालको एउटा पाटोलाई बाहिर ल्याएको छ । शासकको व्यवस्थापकीय पक्षमा नारीको ठुुलो हात हुन्छ भन्ने कुरालाई प्रमाणित गरिदिएको छ उपन्यासले ।
पुरञ्जन रानीको वासना र मायामा फसेर असल शासक बन्न सकेनन् । मलयध्वज रानीको उचित सल्लाहबाट शासन चलाएर आफूलाई नभई जनता र मुुलुुकलाई उचित तरिकाले विकासको बाटोमा गतिशील तुुल्याए । शासनमा नारीको उच्चता र भावनाको सही कदर गर्न जान्नुुपर्ने भावनाको स्वरूप बाहिर आएको छ । पौराणिक इतिहासलाई कथावस्तुु बनाएको भए पनि नेपाली राजनीतिको प्रतीकात्मक अवस्थालाई बाहिर ल्याइएको यो उपन्यास अध्ययन गर्ने कृतिका रूपमा ब्राहृमणले बाहिर ल्याएका छन् ।
मैले पनि राजा पुरन्जन पढने अवसर पाएं । डाक्टर घिमिरे उपन्यासको विवेचना सारगर्भित रूपमा व्यक्त गर्नुभएको छ। मैले पनि हजुरले जस्तै बुझेको रहेछु भन्ने लाग्यो । मलयध्वज जस्ता निर्भिक सासक हामिले पाउने आशा छैन जस्तो लाग्दैछ मलाई हजुर। साहित्यकार ब्राह्मण भविष्य वेत्ता पनि हुनुहुदो रहेछ ,भविष्यको स्थितिको परिकल्पनामा त्यतिबेला नै गर्नु भएको रहेछ ।