डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।

यही अक्टोबर ३१ ९कात्तिक १४० मा हुने निर्वाचनमा बङ्गलादेशका उम्मेदवारसँग नेपालले प्रतिस्पर्धा गर्ने डा आचार्यले आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदाता मुलुकलाई नेपालको पक्षमा मतदान गर्न ‘अनुरोधपत्र’ सम्प्रेषणका निम्ति आग्रह गर्दै आफूलाई देशको प्रतिनिधित्व गर्ने प्रतिस्पर्धामा चयन गरेकामा प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

डा आचार्यले परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र मन्त्रालय, जेनेभा र न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगहरूले आवश्यक कूटनीतिक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउँदै बीस वर्षपछि नेपाललाई प्राप्त यो अवसरबाट चुक्न नहुनेमा जोड दिनुभयो ।

दक्षिणपूर्वी एसिया निर्देशक पदमा भारत, मालदिभ्स, इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, म्यान्मा, नेपाल, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, श्रीलङ्का, टिमोर लित्से र भूटानले मतदान गर्नेछन् ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?