तेक्वान्दो प्रशिक्षक जगन सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारीलाई नुवाकोटको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले सम्मान गरेको छ । एफएमको १५औँ वार्षिक साधारणसभाका अवसरमा नुवाकोट विदुरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले अधिकारीलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री तथा संयुक्त अरब इमिरेट्स (युएई)मा तेक्वान्दो खेलको पहिलो राष्ट्रिय रेफ्री बन्न सफल भएकोमा तथा अन्तर्राष्ट्रियस्तरमा समग्र नुवाकोट जिल्ला र देशकै नाम उच्च बनाउन सफल भएकोमा विदुर नगरपालिका-८ निवासी जगन अधिकारीलाई सम्मान गरेको हो ।

नुवाकोट तेक्वान्दो डोजाङबाट विसं २०६० सालमा खेल जीवन सुरु गरी जिल्ला हँुदै राष्ट्रियस्तरसम्म खेल खेली विसं २०६३ सालमा तेक्वान्दो प्रशिक्षक बनी विसं २०६६ सालमा राष्ट्रिय रेफ्री हुन सफल भई प्रगतिको पथमा लम्कँदै हाल आएर विसं २०७८ सालबाट युएईमा पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री बन्न सफल भई देश र जिल्लाको नाम विदेशी भूमिमा राख्न सफल अधिकारीको योगदानको कदर गर्दै सम्मान गरिएको एफएमका स्टेसन प्रबन्धक श्रीराम अधिकारीले बताउनुभयो ।
अधिकारी हाल जीवनयापनका सिलसिलामा दुबईमा कार्यरत हुनुहुन्छ । सोही समारोहमा लोकगायक तथा स्रस्टा बलराम अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?