तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन माधव नेपालको आह्वान

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गर्नुभएको छ ।

शनिवार शनिवार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताउनु भयो ।
उहाँले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाउनु भयो । उहाँले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसि नरहने जिकिर गर्नुभयो । उहाँले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरुले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैँ, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल ग¥यौँ, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौँ, सडकमा, संसदमा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौँ । हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ । त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसै कसैलाई लागेको छ, एमाले, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ । आउनुहास्, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ । तर मान्छे आफ्नो के हुन्छ भन्ने सोच्न थाल्यो भने मैले कुर्सी छोड्नुपर्ला भनेर ७० वर्षको उमेर हद नै हटाइदिए । के हुन्थ्यो, सल्लाहकार भएर बसे हुँदैन, केटाहरुले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि । ७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर भए म पनि बस्छु ।’

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोशिस भइरहेको बताउनु भयो । उहाँले राजावादीहरुले टाउको उठाउने कोशिस गरेपनि सफल हुन नदिने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?