बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गर्न माग

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गर्न माग गरिएको छ । दशैँ तिहारलगायतका चाडपर्वमा उपभोक्ताहरूको सहुलियतका लागि सुपथ मूल्य पसल सञ्चालनको माग गरिएको हो ।

आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीलाई सुपथ मूल्य पसल सञ्चालनको माग गर्दै पत्र पठाएको नगर उपप्रमुख कमल सिंह बोहरा (अपि) ले जानकारी दिनुभयो ।

नुन मात्रै पाइने साल्ट ट्रेडिङ कर्पोरेसनलाई सहुलियत मूल्यमा तेल चिनीलगायतका दैनिक उपभोग्य बस्तुहरू पाटन शाखाबाट उपलब्ध गराउन माग गरिएको उहाँले बताउनुभयो ।

केहि वर्ष यता बैतडीमा चाडपर्वका बेला सुपथ मूल्य पसल सञ्चालन नहुँदा उपभोक्ता मारमा परेका छन् । सुपथ मूल्यमा सहुलियत दरमा खाद्य सामग्री उपलब्ध हुने भएपनि सञ्चालनमा नआउँदा समस्या हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?