संसदमा ओलीको प्रश्न : यो देशमा न्याय छैन ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गर्नुभएको छ ।

उहाँले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताउनु भयो । उहाँले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको बताउनु भयो । उहाँले यो देशमा न्याय छैन की यही हो न्याय ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज ४ वर्ष नभइकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय रुपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन । उनमाथि एसिड छर्नेलाई, उनको घाउ निको भएको छैन । उनको उपचार चलिरहेको छ । सरकारले एसिड आक्रमण कर्तालाई छोडिसक्यो । अहिले उनी रोएर हिँडेकी छन् । सरकारले उनको उपचार गराइरहेको छैन । एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रवन्ध गरिदिन नसक्ने । हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन । कडा कानून ल्याइयो भनेर देशमा खुशीयाली मनाइयो । महिला जगत खुशी भएको थियो । हाम्रा चेलीले सुरक्षाको अनुभुति गरेका थिए । उनीहरुलाई सरकारले अस्ति छोडिदियो । मैले मिति बिर्सिएँ, फागुन एक गतेको उत्सवमा हो की संविधान दिवस भन्ने पारेर छोड्यो, त्यति यकिन भएन । अदालतले १० वर्ष फैसला गरेको व्यक्तिलाई अहिले मुस्कान खातुनको पेटको छाला, तिघ्राको छाला निकालेर टाँस्नु परेको छ । आरामसँग चार वर्ष बाध्यतावश राख्यो । त्यसपछि एउटा निहुँ पारेर छोड्यो । यो देशमा कुनै न्याय हुँदैन । की न्याय भनेको यही हो ? अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ । सरकारले एउटा नियम बनाउँछ, यस्तो भइरहेको छ ।’

अध्यक्ष ओलीले कानून नमान्ने भए अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?