भूकम्पपछि आएको पहिरोमा परेर बझाङमा एक जनाको निधन, यस्तो छ हालसम्म प्राप्त क्षतिको विवरण

हिमालय टाइम्स
Read Time = 2 mins

बझाङ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ।

जयपृथ्वी नगरपालिका ११ स्थित ओखरमा एक जनाको निधन भएको हो। मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ।

यस्तो छ हालसम्म प्राप्त क्षतिको विवरण

भुकम्पले तमैल जालेबगडमा काम गर्ने मजदुर घाइते भएका छन् ।  काम गरिरहेको समयमा माथीबाट आएको पहिरोले दुई जना मध्ये बाजुरा जिल्ला छेडेदह गाउँपालिका वडा न ४ का दीर्गबहादुर धामीलाइ धेरै चोट लागेकाे छ । उनकाे मटेला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

भुकम्पका कारण विद्युत अवरुद्ध भएकाे छ ।  ठाउँ ठाउँमा गएकाे पहिरोले सडक चर्किएका कारण जयपृथ्वी राजमार्ग अबरुद्ध भएको छ । तमैल– चैनपुर सडक खण्ड पूर्ण रुपमा बन्द छ।

जाल्पा र सत्यबादी माबिका गरि ८ जना विद्यार्थी घाइते भएका छन् भने बुंगल नगरपालिका २ मा रहेको कलक धामीको घरमा पूर्ण क्षति भएको छ । तलकोटमा रहेको तलकोट दरवारमा आंशिक क्षति पुगेकाे छ।

खप्तडछान्ना गाउँपालिका ५ कालुखेतीस्थित खप्तड माविकाे (कक्षा ११–१२)  पढाइ हुने भवनमा क्षति पुगेको छ ।

दुर्गाथली गाउँपालिका वार्ड नम्बर ४ सिम्पाटाका केही घरहरु र वार्ड नम्बर २ को दुर्गाथली महालिंग आधारभुत विद्यालयमा क्षति पुगको छ । जिल्ला निर्वाचन कार्यालयको भवन चर्किएकाे छ  ।

१५ जना घाइते भएको प्रारम्भिक खवर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?