सेती नदीमा डुबेर दुई बालक बेपत्ता

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

दिपायल, डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले बताउनुभयो ।

उहाँका अनुसार बेपत्ता हुनेमा वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् । बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रनाउ श्रीवास्तले बताउनुभयो ।

खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?