रेडहर्सलाई हराउँदै चाँद क्वाटरफाइनल प्रवेश

हिमालय टाइम्स
Read Time = 2 mins

मानेभञ्ज्याङ । चाँद एफसी तीनधारिया सातौँ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । रेडहर्स फुटबल क्लब इलामलाई चार-एक गोल अन्तरले हराउँदै चाँदले अन्तिम आठमा स्थान तय गरेको हो । खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । २५औँ मिनेटमा आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाउनुभएको थियो ।

चार मिनेट नबित्दै सौरभ तामाङले हेडर गोल गर्दै खेल बराबरी गर्नुभयो । पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चाँदले ३ गोल थप्यो । खेलको ५० मिनेटमा अफ्रिकी खेलाडी मार्टिनले चाँदलाई पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाउनुभयो ।

६५औँ मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । इन्जुरी समयमा दिवस तामाङले हेडर गोल गर्दै चाँदलाई चार-एक गोल अन्तरको जित निकाल्नुभयो । खेलको म्यान अफ दी म्याच सौरभ तामाङ घोषित हुनुभयो । जितसँगै चाँदले सेमिफाइनल प्रवेशका लागि जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकाताबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा दलसिंहपाडा डुर्वस र सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?