काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो अवस्था मध्यनजर गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र पहिचान गरेर तालिम दिनुपर्ने बताउनुभयो । स्थापनाको नवौँ वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री महतले भन्नुभयो, ‘नयाँ प्रविधि भित्रिरहेको छ, त्यसलाई पनि मध्यनजर राखेर सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ट बनाएर सम्भावना खोज्दा राम्रो हुनेछ ।’
स्वदेशमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको उहाँले बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘ठूलो संख्यामा युवा विदेशिएका छन् । विदेशिएका युवा पनि दक्ष छैनन् । दक्ष हुँदा जति आम्दानी हुन्थ्यो, त्यो अवस्था रहँदैन । वैदेशिक रोजगारसँग जोडिएका तालिम हुन्छन् । गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आफ्नै किसिमले तालिमका कुरा गरिरहेका हुन्छन् । सरकारी निकायले पनि आ-आफ्नो किसिमको तालिम दिइरहेका हुन्छन् तर यसमा धेरै किसिमका डुब्लिकेसन छन्, आवश्यकतालाई मध्यनजर गरिएको हुँदैन, कतिपय कुरा औपचारिकता पूरा गर्ने किसिमका हुन्छन् ।’
बदलिँदो परिस्थितिअनुसार औपचारिक शिक्षाभन्दा पनि तत्काल रोजगार सिर्जना गर्ने अवसरको पहिचान गरेर व्यावसायिक तालिम विस्तार गर्नुपर्ने उहाँको सुझाव थियो । मन्त्री महतले भन्नुभयो, ‘देशभित्रै ठूलो संख्यामा मानव संसाधनको अभाव खड्किरहेको भए पनि हरेक मानिसलाई विकल्प रोज्ने अधिकारबाट वञ्चित गरिनुहुँदैन, अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकको माग हुँदा आवश्यकताअनुसार निवेदन परेका छैनन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच