यस्तो छ जितिया पर्वको धार्मिक र सामाजिक महत्व

हिमालय टाइम्स
Read Time = 9 mins

सप्तरी। रुखको टुप्पोबाट चिलले र फेदबाट स्यालले त्यो सबै दृश्य हेरिरहेका थिए ।स्याललाई मृतकको मासु खान मन लाग्यो । रात परेपछि स्यालले चिललाई ‘साथी निदायौ ?’ भनी सोध्यो ।

चीलले तत्काल जवाफ दिएन । स्यालले मनमनै नबोल्ने निधो ग¥यो । चिललाई लाग्यो, अन्य दिन त यसरी सोध्दैनथ्यो । आज किन यसरी सोधेको होला ? चीलले चिलसँग पटकपटक एउटै प्रश्न गरिरह्यो । स्यालले जति सोधे पनि चिल बोलेन। स्याललाई लाग्यो, चिल निदाइसकेको छ । व्रत बसेको स्यालले मन थाम्न सकेन । चिललाई छलेर स्यालले एक्लै मासु खायो । स्यालको हरेक क्रियाकलाप चिलले रुखबाट हेरिरहेको थियो तर केही भनेन ।

निकै दिन बित्यो । स्याल र चिल दुवै मरे । दुवैले भाष्कर नामको ब्राह्मणको घरमा छोरीका रूपमा जन्म लिए । ब्राह्मणले जेठी छोरीको नाम शिलावती र कान्छी छोरीको नाम कर्पुरावती राखे । शिलावतीको विवाह धनी व्यापारीसँग र कर्पुरावतीको विवाह राजासँग भयो । शिलावतीका सातछोरा जन्मिए । कर्पुरावतीका छोरा जन्मिँदै, मर्दै गए ।

एक पटक दुवै दिदीबहिनीले जितियाको व्रत लिए । शिलावतीले बहिनीको छोरा छैन । उसको डाली कसले खोल्छ ? भनेर चिन्तित हुँदै छोराहरूलाई बहिनीको घर पठाइन् । दिदीका सातछोरा एकै पटक आएको देखेर ईश्र्या लागेर कर्पुरावतीले पालैपालो सबैको टाउको काटेर डालीमा छोपेर दिदीको घर पठाइन् ।

दिदीको घर पुग्दापुग्दै व्रतको प्रभावले सबै टाउको छोरा बनेर घर गए । डालीमा भएको टाउकाको ठाउँमा नरिवल थियो । व्रत भङ्ग नगरेकै कारण दिदी चिलका मारिएका छोराहरू जीवित भए । बहिनी स्यालले व्रत भङ्ग गरेकै कारण जन्मिएका सन्तान पनि मरेर गए । व्रत लिइसकेपछि भङ्ग गर्नुहुँदैन भन्ने पाठ पनि यो व्रतले सिकाएको छ । कसैको छोराछोरी कुनैपनि सङ्कटबाट जोगियो भने भन्ने गर्छन् – ‘म्या खड् जीतिया केन रहौं, तब बच्लह’ अर्थात् आमाले खरजितिया गरेकाले ज्यान जोगियो ।

खरदिन भनेको शनिबार, आइतबार वा मंगलबार यो व्रत परेपछि मात्र महिलाहरूले पहिलो पटक सुरु गर्ने गर्छन् । खरदिन गरिने व्रतलाई खर जितिया भन्ने चलन रहेको राजविराज–२ तेतरीगाछीकी ८० वर्षीया सावित्री देव बताउनुहुन्छ।

नकारात्मक पक्ष

जानकारका अनुसार, सन्तान जन्मिनु अघि व्रत सुरु गरेकी महिला गर्भवती भए पछि पनि व्रत बस्नैपर्ने हुन्छ । यस्तो भएपछि २४ घण्टा होस् वा ३६ घण्टा, व्रत बस्दा कुनै जटिल समस्या आइपर्ला कि भन्ने डर व्रतालुहरूमा जहिले पनि रहिरहन्छ । व्रत बसेन भने केही भइदेला कि भन्ने डर पनि उत्तिकै रहन्छ । पानी नखाई व्रत बस्न समस्या भएपछि सलाइन पानी चढाएर पनि व्रत बस्नुपर्ने बाध्यता रहेको छ ।

ब्रत बस्नका लागि आमा, सासू, नन्दलगायत परिवारका सदस्यहरूबाट दबाब दिइन्छ । यसरी व्रत बस्न लगाउने चलन अहिलेसम्म पनि कायमै छ । यो व्रतमा डाली छोप्ने वा खोल्ने काम छोरा, नाति, श्रीमान गर्ने, उनीहरू नभएको बेला छोरी, नातिनी घरमा भएपनि नातेदार वा छिमेकीको छोरा मान्छेलाई बोलाएर भए पनि डाली खोल्न लगाउने तर छोरी, नातिनीलाई अधिकांश परिवारमा खोल्न लगाइँदैन । यसरी छोराको दीर्घायुका लागि व्रत बस्ने कुराले यस व्रतमा छोराछोरी बिच विभेद गरिएको विचार सप्तरी सप्तकोसी नगरपालिका १ कि ३५ वर्षिया सुषमा देवको रहेको छ ।

जितियाबाहेक हरेक व्रतमा अघिल्लो दिन चोखो खाने गरिन्छ । यो व्रत मात्र यस्तो व्रत हो, जसमा व्रतालुले अघिल्लो रात अनिवार्य रूपमा माछा खाने चलन छ ।

सकारात्मक पक्ष

राजविराज नगरपालिका वडा नं ६ लिलजा टोलकी ४५ वर्षिया ममता वर्माका अनुसार अहिलेको पुस्ताले धर्मको सम्मान गर्दै परिवर्तन पनि खोज्दै छ ।

कार्यालयदेखि घरसम्म दोहोरो जिम्मेवारी सम्हालिरहेका अधिकांश महिलाहरूले छोराछोरी ठुला भएपछि मात्र व्रत सुरु गर्ने गरेका छन् । यस व्रतले आपसी सद्भाव कायम गर्नुका साथै मनोरञ्जन पनि प्रदान गरेको छ । महिलाहरूले आफूभित्र भएको क्षमता प्रस्तुत गर्ने अवसर पनि पाउन थालेका छन् ।

आफन्त,साथी र छिमेकीहरू मिलेर जितियाको सामूहिक दर खाने चलन सुरु भएको छ । यश सम्बन्धमा अवकाशप्राप्त शिक्षक देवेन्द्र मिश्रले सन्तानको कल्याणका आमाले गर्ने व्रत त्यो पनि वर्षमा एकपटक आउने भएकोले गर्नका लागि आलटाल गर्नु अल्छीपना र व्यस्तता भएको बताउनुहुन्छ ।

वर्ष दिनदेखि भेटघाट हुन नसकेका साथीसँगी, आफन्तहरू एक आपसमा भेटघाट गरेर शुभकामना आदानप्रदान गर्ने, सामूहिक रूपमा मिठो मसिनो खाने प्रचलन बढे पछि एक अर्काबिच गहिरो सम्बन्ध कायम हुन थालेको राजविराज नगरपालिका ७ खर्साल टोलकी ४६ वर्षिया कल्पना देव बताउनुहुन्छ ।

जितियासम्बन्धी गीत, कथालगायत महिलाहरूमा भएको प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत सामूहिक कार्यक्रमहरूमा जुट्न थालेको छ । कम खर्चमा हुने धार्मिक दृष्टिले एकदमै महत्त्व बोकेको व्रतको रूपमा पनि यसलाई लिन सकिन्छ । जियल, बाँसर घिरौँलाका पात अनिवार्य चढाइने हुनाले प्रकृति र पर्यावरण रक्षा गर्नुपर्छ भन्ने सन्देश समेत यस व्रतले दिँदै आएको छ । राजविराज नगरपालिका– २ कि ५५ वर्षिया रेणु कुमारी चौधरीको भनाई रहेको छ।

सोह्र श्राद्ध सुरु भएकै अवधिमा यो व्रत गर्नुपर्ने चलन रहेकाले यस व्रतमा छोरी, बुहारी सबैले पितृलाई सम्मान गरेको पाइन्छ । छोराले मात्र सोह्र श्राद्धमा पितृको श्राद्ध गर्ने प्रचलनमा सकारात्मक परिवर्तन गर्दै कतैकतै छोरीले सुरु गरेपनि यो व्रतमा त सदियौँ देखि महिलाले पनि पितृलाई पानी दिने, प्रसादी चढाउने परम्पराले पितृ प्रति महिलालाई सुरु देखि नै जिम्मेवार बनाएको छ । यस्ता पक्षहरूलाई यो व्रतको एकदमै सकारात्मक पाटोको रूपमा लिन सकिने राजविराज नगरपालिका वडा नं २ कि ६० वर्षिया राम कुमारी देव बताउनुहुन्छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?