खुल्ला सिमानाका कारण लागुऔषध नियन्त्रणमा चुनौती

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीलाई खुल्ला सिमानाका कारण लागुऔषध नियन्त्रणमा चुनौती देखिएछ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले बिहीवार परासीमा जनप्रतिनिधी, राजनीतिक दल, स्थानीयहरुको बीच प्रहरीले गरेको सार्वजनिक सुनुवाईमा बोल्ने अधिकाशले लागु औषध नियन्त्रणका बिषयमा चासो राखेको छन् ।

कार्यक्रममा सुझाव संकलन गरी समाजप्रति थप उत्तरदायित्व बनाउने र शान्ति सुरक्षा कायम गर्ने उदेश्यले रहेको प्रहरी उपरीक्षक काजीकुमार आर्चायले बताउनु भयो । आचार्यका अनुसार-'पश्चिम नवलपरासी प्रहरीले गरेको काम र नागरिकका अपेक्षा र सल्लाह सुझाव लिन सुनुवाइ गरेका हौं ।'

कार्यक्रममा तस्करी नियन्त्रण लागुऔषध तस्करी बढेको भन्दै नियन्त्रण गर्न सुझाव दिएका थिए । खुल्ला सिमान नाकाको कारण तस्कारी भैरहेको गुनासो गदै यसलाई नियन्त्रणमा प्रहरी लाग्नुपर्ने सरोकारवालाहरुले जोड दिए । ट्राफिक चेकजाँच शान्ति सुरक्षा कायम तरकारी नियन्त्रण लागुऔषध नियन्त्रण राजनितिक दल स्थानिय सरोकारवालाहरुले जिज्ञास राखेका थिए ।

नवलपरासीमा लागुऔषधमा युवाहरु पसेकोकाले यसमा नियन्त्रण गर्न र सिमावर्ती क्षेत्रमा लागुऔषध ओसारपासर गर्ने र एक जिल्लाबाट अर्को जिल्लामा पाउन कार्य रोक्ने प्रहरी समक्ष माग गरेका छन । लागुऔषध सेवन तथा ओसारपासरमा नियन्त्रण गर्न र लागुऔषध सम्बन्धी बिभिन्न सचेतना जगाउन कार्य प्रहरीले गदै आएको प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनु भयो ।

चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा खैरो हिराईन सहित साढे सात किलो गाजा, १४ सय ट्याब्लेट र ९ सय २० एम्पुल विभिन्न प्रकारका लागुऔषध बरामद गर्नुको साथै १ सय १० जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । तीन लाख ३२ हजार जरिवान समेत उठाईएको प्रहरीले जानएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?