‘तलास २’ को छायांकन समापन

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘तलास २’को छायांकन समापन भएको छ । फाल्गुनन्द लिङदेन फिल्मस् र यल्लीवुड फिल्मस्को संयुक्त लगानीमा निर्माणाधीन चलचित्र ‘तलास २’को छायांककन पुरा भएको हो । दिनेश लिङ्देनको निर्देशन रहेको यो चलचित्रको काठमाडौं, झापासहित पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको थियो ।

निर्देशक लिङ्देनले चलचित्रले हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा परेका नेपाली महिलाले भोग्नुपरेको विषयवस्तु बनाएको बताउनुभयो । चलचित्रमा रुद्र पाहिम, पुष्पाञ्जलि तिलिङ, शैलेन्द्र नाल्बो, रोहन सेञ्चुरी, विमला खजुम, राजकुमार शाह, शर्मिला शर्मा, पुर्ण सेलिङ, तेज मेन्याङबो, सागर केरुङ, दिलिप योङहाङ, दीपेन्द्र नाल्बो, पूर्ण ओझा र राजु घिमिरेको अभिनय छ ।

चलचित्रमा विकास चौधरीको संगीत, राजेशपायल राई, मेचु धिमाल, सुवास राईको स्वर, कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्व र सुमन योञ्जनको छायांकन छ । सुदिता लिङ्देनको प्रस्तुति रहेको चलचित्रमा लीलाराज काम्बाङ सहनिर्माता र शैलेन्द्र नाल्बो निर्माता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?