काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने बताउनुभएको छ ।
शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिसि टिभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भइ काम अघि बढेको बताउनु भयो । उहाँले धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले एक अर्बको टेण्डर अघि बढाइसकेको पनि बताउनु भयो ।
उपप्रमुख डंगोलले सो टेण्डर योजनामा सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मको काम हुने बताउनु भयो । विद्युत प्राधिकरणले सडक पेटीमा विद्युत बक्स राखिदिँदा पैदल यात्रीलाई असहज भएको भन्दै त्यसबारेमा सोच्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘महानगरपालिकाले सिसि टिभीका लागि नेपाल प्रहरीसँग एमओयु गरिसकेको छ । र एनइएसँग पनि रोड सेफ्टी सम्बन्धी जोडिने अर्को महत्वपूर्ण पाटो भनेको रोड लाइट्स हो । स्ट्रिक लाइटहरु हुन् । त्यसका लागि पनि हामीले एनइएसँग एमओयु गरिसकेका छौँ । ३ महिनाभित्र मुख्य सडकहरुमा सिसि टिभी कम्प्लिट रुपमा जडान भइसक्ने र सडक बत्ती पनि जडान भइसक्ने हामीले टार्गेट राखेका छौँ । धुलोरहित सडक हामीले हाम्रा गौरव र स्वर्णिम योजना पनि अघि सारेका छौँ । धुलो रहित सडकका लागि हामीले एक अर्बको टेण्डर पनि अघि बढाइसकेका छाैं । यो योजनामा विशेष गरी सडकका खाल्डाखुल्डी पुर्नेदेखि लिएर फुटपाथलाई व्यवस्थित बनाउने छ । सडक पेटीमा पैदलयात्रुलाई हिँड्ने वातावरण बनाउनेमा हामी कन्भिन्स छौँ । विद्युत प्राधिकरणले सडक पेटीमा विद्युत बक्स राखिदिएकाले पैदल यात्रीलाई असहज भएको छ ।’
उपप्रमुख डंगोलले सवारी साधनको रुटमा विशेष पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सडकका पूर्वाधार पनि व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच