हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ नेपाली यात्रु दुबईमा अलपत्र

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । बिहीबार दुबईबाट फर्किन नेपाल फर्किन विमानस्थल फर्किन पुगेका उनीहरु अलपत्र परेका हुन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउन लागेकाक यात्रुहरु अलपत्र परेको २४ घण्टा पुग्न लागेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिनुभयो।

उहाँका अनुसार विमानस्थलको फ्लाइट इन्फर्मेशन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले भएको जानकारीपछि यात्रुहरु एयरलाइन्सको सेवाप्रति आक्रोशित बनेका छन् । उडान नम्बर एच नाइन ५६८ को जहाजको उडान तालिका पाँचपटक परिवर्तन भइसकेको उहाँले बताउनु भयो।
यात्रुलाई समस्या समाधान गर्नुपर्ने दुबईमा रहेका हिमालय एयरलाइन्सका कन्ट्री  म्यानेजर विमानस्थल भित्रै लुकेर बसेको यात्रुहरुको गुनासो छ । काउन्टरमा एयरलाइन्सका कोही पनि प्रतिनिधि छैनन् ।

यात्रुलाई जहाजमा प्राविधिक समस्या आएको जानकारी गराए पनि उनीहरुको व्यवस्थापनाप्रति एयरलाइन्स गम्भीर नबनेकोले यात्रु न्यौपाने बताउनु भयो। अब कहिले उडान हुन्छ भन्नेबारे अझै अन्यौल रहेको उनले बताए । उनका अनुसार विमानस्थलमै घण्टौँदेखि भोकभोकै यात्रु अलपत्र अवस्थामा उडानको पर्खाइमा छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमअनुसार जहाजले उडान भर्न नसकेमा सम्बन्धित् एयसलाइन्सले कम्पनीकै खर्चमा यात्रुलाई तारे होटलमा राख्नुपर्ने व्यवस्था छ । तर,  हिमालय एयरलाइन्सले भने विमानस्थलमै यात्रुलाई भोकभोकै अलपत्र पारेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिनुभयो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जहाजमा देखिएको प्राविधिक समस्या परीक्षण गरिरहेको र यात्रुको अवस्थाबारे बुझ्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले अनुसार यात्रुलाई जति सक्दो चाँडो नेपाल ल्याउने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?