पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ नागरिक र १ पाकिस्तानी मारिए

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण दिउँसो १ बजे भएको थियो ।

प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत आयोजनाको गाडीमा आतङ्ककारीहरूले आक्रमण गरेको दुतावासले जनाएको छ । यो घटना प्रान्तको साङ्ला क्षेत्रमा भएको थियो । घटनाको अनुसन्धानका लागि इलाकालाई घेराबन्दी गरिएको छ ।

घाइतेहरूलाई अस्पताल लगिएको छ । दुतावासले पाकिस्तानमा रहेका चिनियाँ नागरिक, संस्था र आयोजनाको सुरक्षाका लागि व्यवहारिक र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै यस्ता घटना दोहोरिन नदिन पाकिस्तानी पक्षले ध्यानाकर्षण गराएको छ ।

आक्रमणको अहिलेसम्म कुनै समूहले दाबी गरेको छैन । यस घटनाको देशका राष्ट्रपति आसिफ अली जर्दारीले पनि निन्दा गर्नुभएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?