विश्व लगानी कर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्ड प्रभातफेरी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । धितोपत्र बोर्डले विश्व लगानी कर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको छ ।

शनिवार काठमाडौंमा बोर्डले विश्व लगानी कर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको हो । विश्व लगानी कर्ता सप्ताहको छैटौं दिनमा आयोजित प्रभातफेरी कार्यक्रमको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शुभारम्भ गर्नुभयो ।

भृकुटीमण्डपबाट आयोजना भएको प्रभातफेरी कार्यक्रम शहीदगेट हुँदै न्युरोड-वसन्तुपुर पुगेर समाप्त भएको छ । लगानीकर्ताको लचकता, वित्तीय औजार, दिगो वित्त र लगानीको आधार भन्ने नारासहित यस पटक विश्व लगानी कर्ता सप्ताह मनाइँदै छ ।

बोर्डले सो अवसरमा देशभर नै सचेतनामुलक कार्यक्रम र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?