काठमाडौं । हामी नेपाली अनी हाम्रो बानी यी दुई शब्दमा हामी नेपाली आफैमा राम्रो शब्द हो तर हाम्रो बानी भने निकै खराब ।
शब्द जस्तै नियम नमान्ने खराब बानी ले दिनहु जस्तो सडकमा दुर्घटना हुने गर्छ । जथाभावी बाटो काट्न, फरक लेनमा हिड्ने र यस्तै असुरक्षित बानी हरुको कारणले दुर्घटना दिनानुदिन बढ्दो छ । हामी दुर्घटना हुदा मुख्यता सवारी साधनकै गल्ति देखाउने गर्छौ र आफैले नियम मिचेको देख्दैनौ ।
समय समयमा ट्राफिक प्रहरी ले सचेतनामुलक कार्यक्रम गरेपनी लागु भने हुन सकेको देखिदैन । अझ काठमाडौं उपत्यका को कुरा गर्ने हो भने जथाभावी सडक काट्ने लाइ जरिवाना लिने गरिएपनी पुर्ण रुपमा कार्यान्वयन हुन भने सकेन । नेपालमा सडक दुर्घटना को कारण धेरै मानिसले अकालमा ज्यान गुमाउन परेको छ । पैदल यात्रुमैत्री संरचना नबन्नु र पैदल यात्रुले समेत ट्राफिक नियम पालनामा लापरबाही गर्दा दुर्घटना निम्तिने गर्छ ।
देशभर दैनिक ५५ सवारीसाधन दुर्घटनामा पर्छन् । सवारी दुर्घटनामा दैनिक ६ जनाको मृत्यु र १२ जना गम्भीर घाइते हुन्छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो साढे १५ वर्षमा ९०६५/०६६ देखि ०८०/०८१ मंसिरसम्म० देशभर ३ लाख १६ हजार २१२ सवारीसाधन सडक दुर्घटनामा परेको रेकर्ड छ ।
अर्थात् दैनिक औसत ५५ सवारी दुर्घटना भए । साढे १५ वर्षमा कुल ३२ हजार ८ सय ६१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । ७१ हजार ७ सय ९९ जना गम्भीर घाइते भए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच