१९ वर्षकी एरिकाले नेपाललाई दिलाइन् ऐतिहासिक रजत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालकी एरिका गुरुङले शनिवार २५ वर्षपछि एसियाली खेलकुदमा ऐतिहासिक पदक दिलाएकी छन् ।

लिनपियाङ स्पोट्स सेन्टरमा शनिवार भएको करातेको महिला ६८ केजीमाथि एरिकाले फाइनलमा प्रतिष्पर्धा गर्दै २५ वर्षपछि व्यक्तिगत स्पर्धामा रजक पदक जितेकी हुन् । पछिल्लो पटक सन् १९९८ मा तेक्वान्दोकी सबिता राजभण्डारी रजत पदक जितेकी थिइन् ।

गत संस्करण सन् १९९८ मा नेपालको पाराग्लाइडिङको पुरुष टोलीले रजत पदक जितेको थियो । शनिवार नै भएको क्वार्टरफाइनलमा जापानकी युजिकी सावाए र सेमिफाइनलमा हङकङकी हो काइ यानलाई हराउँदै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेकी थिइन् । उनले युजिकासँग १–१ अंक बराबर भएपनि पहिलो अंक प्राप्त गरेको आधारमा सफलता पाएकी हुन् ।

सेमिफाइनलमा भने उनी हङकङकी प्रतिद्वन्द्वीमाथि ८–४ अंकले पूर्ण हाबी भइन् । त्यससँगै उनी २५ वर्षपछि व्यक्तिगत स्पर्धातर्फ फाइनलमा पुगिन् ।

फाइनलमा कजाखस्तानकी सोफिया बरुलत्सेभासँग ३–० ले पराजित भएपछि एरिका पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउनबाट चुकिन् । खेलपछि उनले देशका लागि पहिलो स्वर्ण जित्न जतिसक्दो प्रयास गरे पनि प्रतिद्वन्द्वी आफूभन्दा निकै बलियो रहेकाले सफल हुन नसकेको बताइन् । एरिकाले आफ्नो पदक देशका लागि समर्पित गरिन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?