कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिबेशन आज (आइतबार) हुने भएको छ । आज दिउँसो १२ बजेदेखि सुरु हुन लागेको प्रदेश अधिवेशनको सम्पूर्ण तयारी भइसकेको पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताउनु भयो । प्रदेशस्तरिय प्रथम अधिवेशनका लागि नौ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुयभो –‘कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली आज विहान धनगढी पुग्नु हुनेछ । दिउसोको १२ बजे समुदघाटन हुने छ ।’
अध्यक्ष ओलीसंगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वर्मा, स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायि कमिटि सदस्य तथा खेलकूद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रिय सदस्यहरु अधिवेशनको समुदघाटन कार्यक्रममा सहभागि रहने छन् ।
अधिवेशनमा ६ सय ७५ प्रतिनिधि सहभागि रहने पार्टी अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् । पार्टी प्रदेश अध्यक्ष भण्डारीका अनुसार बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरि १ सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरि १ सय १७ जना प्रतिनिधि रहेका छन् ।
यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरि ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरि ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरि ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरि ५४ जना प्रतिनिधि रहेका छन् ।
यस्तै, बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरि ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरि ४१, डडेल्धुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरि १८ जना प्रतिनिधि रहेका छन भने जनसंगठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरि ७५ जना प्रतिनिधि रहने छन् ।
पार्टीको मजदुर विशेष इलाका कमिटिबाट एक महिला, चार पुरुष गरि पाँच जना प्रतिनिधि रहेका छन भने बुद्धिजिवि विशेष इलाका कमिटिबाट एक महिला र चार पुरुष गरि पाँच जना प्रतिनिधि रहने जनाइएको छ ।
नेतृत्वका लागि तीन जना आकांक्षी
प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तिन जना आकांक्षी रहेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको दौडमा रहेका छन् ।
अध्यक्ष पदका उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन् ।
आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वभाविक दाबेदार भएको उहाँले बताउनु भयो । उपाध्यक्ष भएर प्रदेशको काम गरेको अनुभव र पार्टीलाई अझ एकताबद्ध, पार्टीमा समन्वयकारी, संविधानको कार्यान्वयन, पार्टी भित्र दक्षिणपन्थी अवसरवाद, संरचनात्मक अराजकता हुन नदिन आफ्नो उम्मेदवारी भएको बताउनु भयो ।
अध्यक्षका अर्का आकांक्षी जैशी अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ ।
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष वनिसकेका बचनबहादुर सिंह पनि अध्यक्ष पदका आकांक्षी हुन् । उहाँले पनि आफु प्रदेश अध्यक्षको दाबेदार रहेको भन्दै पत्रकार सम्मेलन गरेरै जानकारी गराएका छन् । एमाले प्रदेश अध्यक्षका दाबेदारहरू आन्तरिक तयारीमा छन् । एमालेले भने सर्वसहमतीमा प्रदेश कमिटी गठन गर्ने दाबी गर्दै आएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच