दशैँलक्षित स्टक क्लियरेन्स मेला हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दशैँको अवसर पारेर आगामी बिहीबारदेखि भृकुटीमण्डपमा छैटौँ संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दशैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो ।

बजारको तुलनामा दैनिक उपभोग्य सामान सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिनुभयो ।

आयोजकका अनुसार नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानको बृहत् मेलामा सामान खरिद गर्ने ग्राहकले ५० प्रतिशतभन्दा बढी दशैँ विशेष छुट पाउनेछन् । नेपाली उत्पादनमा विभिन्न किसिमका अफर पनि सञ्चालन हुने बताइएको छ । मेलामा कपडा, जुत्ता, हृयाण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजलगायत रहने पनि आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?