सुन तस्करी प्रकरण : पूर्वसभामुख महराका छोरा राहुलसहित चारजनालाई मुद्दा चलाउन सिआइबीको राय

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत अवैध सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित तीनजनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । सुन तस्करी अभियोगमा पूर्वसभामुख महराका छोरा राहुलसहित तीनजनालाई मुद्दा चलाउन प्रहरीको राय पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सिआइबीले रायसहितको प्रतिवेदन बुझाएको हो । ६१ किलो सुन प्रकरणमा समेत संलग्न दावा छिरिङ हाल कारागारमा छन् ।

यही कसुरमा एकजना नेपालीलाई फरार सूचीमा राखिएको छ । सुन ल्याउने चिनियाँ नागरिक दावाजिनसहित ६ चिनियाँलाई नेपालभित्र पक्राउ परेको बखत अनुसन्धानबमोजिम हुनेगरी खोजी सूचीमा राखिएको छ ।

भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ । २०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर नौ किलो ११.५२४ ग्राम सुन भेटिएको थियो ।

भेपका रूपमा ल्याइएको वस्तु शंकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएका थिए । महरा बाबुछोराले समेत २५६ पटक फोन गरेर सुन छुटाउने प्रयास गरेका थिए । त्यही सुन भन्सारबाटै चोरी भएर सिआइबीले अनुसन्धान गरेको थियो । गत असार २७ मुद्दा दायर भए पनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । यो प्रकरणमा पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?