समानुपातिकतर्फका उम्मेदवार सार्वजनिक गर्दै आयोग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले आज समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम सार्वजनिक गर्दैछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ ६ हजार ४ सय ५७ जना बन्दसूचीमा रहेकोमा आयोगले हिजो ५५० जनालाई हटाएपछि बाँकी रहेका ५ हजार ९०७ जनाको अन्तिम नाम सार्वजनिक गर्न लागेको हो ।

स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार भएर खर्चको विवरण पेस नगरेपछि जरिवाना नबुझाउने ३६९ जनासहित दाबी विरोध उपर जाँचबुझबाट गरी ५४८ जना, पदमा बहाल रहेका एक जना र कालोसूचीमा रहेका एक जना गरी कुल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय आयोगले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?